एनआरएन यूकेको च्यारिटी डिनर ३१ मार्चमा,विविध कार्यक्रम सहित बक्सिङ शो’हुने

शिब भण्डारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आपतकालीन सहयोगका लागि च्यारिटी डिनर गर्ने भएको छ ।

उक्त आपतकालीन एबम मानवीय तथा परोपकारी कोषको लागि अल्डरसटको एम्पाएर हलमा ३१ मार्च शनिबार साँझ ५:३० बजे देखि च्यारिटी डिनर कार्यक्रम शुरु हुनेछ । साथमा बक्सिङ्ग शो तथा ,कल्चर प्रोग्राम कोक्तेल डान्स, अक्सन सो तथा विविध कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।

एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगरलाई कार्यसमितिको पहिलो बैठकले च्यारिटी विभागमा प्रमुखको जिम्मेवारी दिए पछि कार्यक्रमलाइ तिब्र पार्न विभिन्न थप पदाधिकारीहरु तथा सदस्यहरुको समेत चयन गरिएको हो ।

एनआरएन यूके च्यारिटी विभाग प्रमुख उपाध्यक्ष मगरले डिसेम्बर १७ मा सम्पन्न एनआरएनए यूकेको १०० दिनको बिशेस अवसरमा आफ्ना कार्यक्रमका एजेन्डा सार्बजनिक गरेका थिए।

यसै गरि च्यारिटी कार्यक्रमका लागि उपसंयोजकमा धीरज राई,मुकेश राना, सचिवमा गौमाया गुरुङ, डा.दिलिप यादब कोषाध्यक्षमा खगेन्द्र थापा, उपकोषाध्यक्षमा महेश गिरी तथा मनोरञ्जन क्षेत्रबाट नबु घले, किरङ गुरुङ, फिवा राई सदस्य छन् ।

क्षेत्रीय सदस्यहरुमा अल्डरसट, फार्नबरोलगायतका क्षेत्रबाट गौरव मल्ल, मुकेश राना, छविलाल घर्तीमगर, मनीषा खड्का, हेम गुरुङ, केशव गुरुङ, सन्दीप लिम्बू, राजन गुरुङ, पूर्णचन्द्र गुरुङ, राजु मिधुन, देव राना, बीर गुरुङ र साँगीतिक प्रस्तुतीमा संगीता गैरे छन् ।

ग्रीनवीचलगायतका क्षेत्रबाट ब्रुकुमार थापा, बाबु राना, डेबिन थापा, राजन खकुरेल, महेश थापा, विष्णु ढकाल,प्रकाश राज कँडेल, अजय महर्जन, रोविन गुरुङ, गजेन पुन, रोशन गुरुङ, दीपेन्द्र भट्टराई, खगेन्द्र थापा, रवि थापा सदस्य छन् ।

फल्कस्टोन लगायतका क्षेत्रबाट रविन थापा, जोगेन लिम्बू, चिरन राई, ज्ञान छन्त्याल, तीर्थ थापा, एमएस भूजेल, हिमाल भूजेल, पवन राई, एन्डी राई, मीन तामाङ, हरि बुढा मगर, महा राई, भीम राई, अवेश राई, टीका राई, मिनुश थापा, विनोद बुढाथोकी अल्बिन सेन्दाङ, तीर्थ थापा, पिटर गुरुङ, दिलिप राई, कृष्णराज गुरुङ सदस्य छन् ।

ह्यारो क्षेत्रबाट केशव गुरुङ, सन्तोष गुरुङ, सुवास गुरुङ, ज्योति रजाली मगर, नारायण लिम्बू, सुरज मल्ल, वीरेन खड्का, शशि गुरुङ, भरत लिम्बू, छवि गुरुङ, जयोश श्रेष्ठ, अमीर गुरुङ, भेष गुरुङ, पुजन थापा, बिमला लिम्बू सदस्य छन् ।

मिडल्याण्ड क्षेत्रबाट तारानाथ भण्डारी, पवन शर्मा, प्रशान्त आले, भीम खनाल, पशुपति पोखरेल, इखमान पुन, सन्तोष काउछा, जमलाल पुन कन्वेल क्षेत्रबाट राज पुन, पृथ्वी राई,एबं स्कटल्याण्ड क्षेत्रबाट नर गाहा, वेल्स क्षेत्रबाट धीर गुरुङ, उत्तरी आयरल्याण्डबाट मिमि पुन सदस्य छन् ।

सल्लाहकारमा एनआरएन यूकेका सबै कार्यसमितिका पदाधिकारी तथा एनआरएन यूकेका पूर्व युवा संयोजक एबम नेपाली युवा समूह युकेका संरक्षक रिचार्ड गुरुङ छन् ।