कपिलवस्तु- आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि कपिलवस्तुमा २ सय ३३ मतदानस्थल र ४ सय १० मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट तीन प्रतिनिधि सभा र ६ जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुनेछन् ।
जिल्लामा मतदाताको सङ्ख्या तीन लाख ११ हजार ७ सय ६० रहेको छ । कूल मतदातामध्ये महिला एकलाख ४२ हजार २ सय ९२ रहेका छन् भने दुईजना तेस्रोलिङ्गी पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।






