एमाओवादी वार्तामा नबस्ने

एमाओवादीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीको वक्तब्यका आधारमा वार्तामा नबस्ने बताएका छन् ।
बाँकेको कोहलपुरमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री कोइरालाको वक्तव्य पढेर सुनाउँदै भट्टराइले यही वक्तव्यका आधारमा वार्तामा बस्न नसकिने बताए ।
विपक्षीहरुले माओबादी सकिएको भन्दै हौवा मच्चाएको भन्दै भट्टराइले त्यसको जवाफ दिन कार्यकर्ताहरु सशक्त ढंगले उठ्नुुपर्ने बताए । यसअघि आजै नेपालगञ्जमा आयोजित अन्तरक्रियामा उनले कांंग्रेस र एमालेमा शान्ति सम्झौता बिरोधीहरु नेतृत्वमा पुगेपछि संबिधान निर्माणमा सहमती हुन नसकेको आरोप लगाएका थिए ।