शिव भण्डारी,एभरेष्ट गौतम
लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्वाचित भएका छन् । लन्डनको हन्सोस्थित इम्पायर हलमा शनिबार भएको अधिवेशनले आगामी तीन वर्षका लागि गुरुङको सभापतित्वमा कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपसभापतिहरुमा सुबास पोख्रेल, युवराज सिंह, कोपिला सुब्बा, तर्कजंग गुरुङ, सुर्य नेम्वाङ्ग र आलेख चौहान चयन भएका छन् । त्यस्तै , महामन्त्रीमा प्रवेश केसी तथा कोषाध्यक्षमा नर्वु शेर्पालाई छानिएको छ ।सहमहामन्त्री रोमियन लिम्बु , रितेश पाण्डे , उपेन्द्र पौडेल र राज सिटौला चयन भएका छन् ।
सदस्यहरुमा विकास सापकोटा, शान्ति लिम्बु, लाल कुमार सुब्वा, सन्तोष गुरुङ, केशब गुरुङ, संजय पन्त, इशा ताम्राकार, इन्द्रहांग लिम्बु, शंकर श्रेष्ठ, सशी गुरुङ, इन्द्रमान गुरुङ, सर्वसम्मतले चयन भए ।
अधिवेशनको दोस्रोसत्रमा विद्यान समितिका संयोजक शीवजी श्रेष्ठले विद्यान संसोधन प्रस्ताव पेश गरेका थिए ।
सहमति हुन बाँकी पदाधिकारी र सदस्यहरुको नामावली आइतबार सार्वजानिक गरिने छ ।
अधिवेशनको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता तथा नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यतामा भएको हो । कायक्रममा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापालगायतको आतिथ्यता रहेको थियो । पूर्व सह महामन्त्री कोपिला सुब्बाले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितिका नेता युवराज गुरुङ, एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, पूर्वअध्यक्ष योगेन क्षेत्री, पत्रकार चिरन शर्मा, नेताहरु विश्वआदर्श पण्डित, विज्ञान प्रसाईं, शिवजी श्रेष्ठ, राजेन्द्र पुडासैनी, ज्ञाम गुरुङ, केशबहादुर गुरुङ, शेर सुनार, डा. सम्पूर्णानन्द ढुंगाना, चेतनाथ खनाल, विनोद मोक्ताले शुभकामना दिएका थिए ।
लामो समयसम्म आन्तरिक विवादमा रुमल्लिएको जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशनमा जुटेको हो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमले गरेको थियो 






