काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ परे ।

कोर्टपाइन्ट लगाएर पुगेका मेयर शाक्यले पनि केहीबेर झाडू लगाए ।