गोर्खा कपमा धमाका “१० पाउण्डमा मिनीकुपर”

IMG_0826

लन्डन– बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

आइतवार अल्डरसटस्थित क्वीगन्सख एभिन्यूहजमा हुने यसवर्षको गोरखा कपमा भाग लिनेहरुले १० पाउण्डमा मिनी कुपरको कार जित्नसक्ने छन् ।

क्याबर्लीस्थित कार बिक्रेता कम्पनी युके कार जोनले १० पाउण्डको राफल ड्रमा मिनी कुपर राखेको हो । साथै सो राफल ड्रमा युके कार जाेनबाट कार खरिदमा १०० पाउण्ड तथा ब्ल्याकबाटर अटाेवर्कमा कार मर्मत र एमओटीमा १० पाउण्डको गिफ्ट भौचरसमेत राखिएको कार जोनका निर्देशक विप्लव गुरुङले बताए । सो राफल टिकट गोरखा कपमा रहेको कार जोनको स्टलबाट किन्न सकिने बताइएको छ भने त्यसअघि विभिन्न नेपाली पसलहरुबाट पनि खरिद गर्न सकिने गुरुङले जानकारी दिए ।

राफल ड्र गोरखा कपका दिन साँझ ६ बजे खोलिने छ ।

तमुधिं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १५ औं संस्करण हो।

गोर्खा कप सफल बनाउन सम्पूर्ण बेलायत बासि नेपाली माहानुभाबमा बिशेष उपस्थिति का लागि तमु धि लण्डन इकाईका अध्यक्ष दिपक गुरुङ (डेबिड) समेतले अनुरोध गरेका छन्।