कास्की– कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु भएको छ ।
दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग.गाप्रसाद सुवेदीले जानकारी दिए ।
पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ -५ जनको उम्मेदवारी परेको छ ।
जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा विभिनन पदमा महिला उम्मेदवार ३३३ जना तथा पुरुष उम्मेदवार ५०५ रहेका छन् ।
मेयरका उम्मेदवार
नेपाली कांग्रेसका रामजी कुँवर — ० मत
एमालेका मानबहादुर जिसी — ० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ — ० मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका सरस्वती गुरुङ — ० मत
माओवादी केन्द्रका गोमा ढकाल — ० मत
एमालेका मञ्जुदेवी गुरुङ — ० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश खत्री — ० मत






