प्रश्नावली समिति गठन

एकीकृत माओवादीलगायतका १९ दलको नाराबाजीकाबीच संविधानसभाले प्रश्नावली तयार गर्न प्रस्ताव निर्माण समिति गठन गरेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा आफै प्रस्ताव समिति गठनको प्रस्ताव गर्नुभएको थियो । एकीकृत नेकपा माओवादी लगायत १९ दलका सभासद्को नाराबाजीकाबचि समिति गठनको प्रस्ताव  बहुमतले भएको छ । ७३ सदस्य समितिमा अहिले सत्तापक्षीय दलका ४९ जनाको नाममात्रै समितिमा राखिएको  छ । संविधानसभाका अध्यक्ष नेम्वाङले अन्यदलबाट नाम प्राप्त भएपछि सदस्य थप गरिने जानकारी दिनुभयो । प्रस्ताव समितिले अब विवादित विषयमा मतदानका लागि प्रश्नावली तयार गर्ने छ । संविधानसभाका अध्यक्ष नेम्वाङले पाँच दिनपछि समिति बैठक बोलाउनुभएको छ ।
एकीकृत माओवादी लगायतका दलले प्रस्ताव पारित हुन नदिने र कडा प्रतिवाद गर्ने बताएपनि आज समान्य नाराबाजी मात्रै गरेका थिए । यसअघि कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले समिति गठनको प्रस्ताव राख्ने र एमाले मुख्य सचेतक अग्नी खरेलले प्रस्तावमा समर्थन गर्ने कार्यसूची रहेपनि एकीकृत माओवादी लगायतका दलका सभसाद्ले अवरोध गरेपछि आज संविधानसभाका अध्यक्ष आफैले प्रस्ताव पेश गर्नुभएको हो ।