वरूण धवन तथा आलिया भट्टको पछिल्लि रिलिज ‘बद्रीनाथकी दुल्हनियाँ’ बलिउडको मानक कमाइ १०० करोडको नजिक पुगेको छ। फिल्मले रिलिजको दोस्रो साताको अन्तयसम्म सो बिन्दु पार गर्ने जनाइएको छ।
फिल्मले दोस्रो हप्तासम्म आइपुग्दा घरेलु वक्सअफिसमा ९३.९४ करोड भारूको व्यापार गरेको बताइन्छ। फिल्म यस वर्ष १०० करोडको आँकडा पार गर्ने चौथो फिल्म बन्ने दाबी गरिएको छ। फिल्म ओभरसिजमा पनि राम्रो गएको छ। फिल्मले विदेश बजारबाट ३३ करोड कमाएको दाबी गरिएको छ।
फिल्मले आलिया भट्टको सर्वाधिक कमाइ गरेको ‘टु स्टेट्स’को १०४ करोडको कमाइलाई पार गर्दै सर्वाधिक कमाउने पहिलो फिल्म बन्ने सम्भावना व्यक्त गरिएको छ।






