नेपाली जनसम्पर्क समिति बेल्जियमको अधिवेशन अन्तिम तयारी पूरा

बेल्जियम– नेपाली जनसम्पर्क समिति बेल्जियमको आसन्न चौथो अधिवेशन मार्च ५ मा आन्त्रोपेन सहरमा हुने भएको छ ।

जनसम्पर्क समिति बेल्जियमको आगामी चौथो अधिवेशन भब्य रुपमा समपन्न गर्नको लागी बिभिन्न चरणमा बैठक बसी समितिले बिभिन्न जिम्मेवारीहरु बाडफाड गरेको छ । संस्थाको साधारण सदस्यता वितरण समिति, बिधान मस्यौदा समिति, अधिवेशन व्यवस्थापन समिति, निर्वाचन गठन गरेको थियो ।

जस अन्तर्गत नेपाली जनसम्पर्क समिति बेल्जियमको २०१३ को विधानका लाई निवर्तमान अध्यक्ष गंगाधर गौतमको संयोजनमा रहेको मस्यौदा समिति ले बिभिन्न बुँदाहरुमा छलफल गरि बिधान संसोधन सहित परिमार्जन गरेको छ । त्यसै गरि सदस्यता वितरण समिति संयोजक अनुजा प्रधानको नेतृत्वमा बिभिन्न क्षेत्ररुका वितरण समितिले सदस्यता वितरण कार्य सम्पन्न गरि समिति लाई १३३३ जना साधारण सदस्यको सूची हस्तान्तरण गरेको छ ।

चौथो अधिवेशनलाई भब्य रुपमा समपन्न गर्न समितिका उपाध्यक्ष योगेन्द्र श्रेष्ठको संयोजनमा व्यवस्थापन समिति अन्तर्गत बिभिन्न उपसमिति हरु गठन गरि अधिवेशन को अन्तिम तयारी पुरा गरेको छ । भने प्रचार-प्रसार अन्तर्गत विभिन्न यूरोप राष्ट्रका सम्पर्क समिति का अध्यक्ष तथा प्रतिनिधि हरु नेपाल बाट प्रमुख अथिति एवं अन्य अतिथि हरुलाई समेत समिति का अध्यक्ष सुवास जोशी लगायत महामन्त्री चिनिया दुवालले निमन्त्रणा गरि नेपाली कांग्रेस केन्द्रीय कार्यालय को प्रतिनिधि को रुपमा प्रमुख अथितिका रुपमा कांग्रेस महामन्त्री शशांक कोइराला साथै अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको समेत उपस्थिति रहने केन्द्रीय कार्यालयले पत्र मार्फत जानकारी गराइसकेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको अधिवेशन आगामी ५ मार्च मा हुने छ भने निर्वाचन १२ मार्च दिन बेल्जियमका बिभिन्न क्षेत्र आन्त्रोपेन, ओष्ट भ्लान्दारेंन अन्तर्गत ब्रुगे, ब्रसेल्स र लुभेन मतदान क्षेत्र तोकी निर्वाचन संयोजक ईन्द्र क्षेत्रीको संयोजन मा बिभिन्न सदस्यहरु रहने गरि निर्वाचन प्रकृया अगाडि बढाउने व्यवस्था मिलाइएको छ ।

अधिवेशन लाई भब्य रुपमा सम्पन्न गर्न बेल्जियममा रहेका बिभिन्न बैचारिक, सामाजिक, जातीय, धार्मिक संघ(संस्था लाई समेत अतिथिको रुपमा निमन्त्रणा समेत गरिसकिएको प्रवक्ता सुवास गुरुङले जानकारी दिए ।