लन्डन–१६ जनवरीमा ग्रेटर रशमोर नेपाली कम्युनिटीले सहयोग रकम सदुपयोग गर्नेबारे एक सेमिनारको आयाजना गरेको छ । विभिन्न च्यारिटी कार्यक्रम गरेर प्रवासमा रहेका संघ, संस्था र समूहले स्वदेशमा रकम पठाउँछन् । तर, त्यसको सदुपयोग भए,नभएको कुनै लेखाजोखा हुँदैन ।विदेशबाट रकम पठाउने तर त्यसको उपयोगिताबारे बेखबर हुने प्रवृत्ति बढिरहेकाबेला बेलायतमा एउटा अन्तर्क्रिया आयोजना गरिएको छ । संस्थाको काउन्सिल कार्यालयमा भएको (Funding workshop)अनुदान कार्यशालामा समाजका लागि सहयोग संकलन, कार्यान्वयन र परिचालनबारे जानकारी गराइएको थियो ।
सहभागीलाई लुस वेबर कम्युनिटी डेभलपमेन्टका ग्रान्ड एन्ड एड्मिनिस्ट्रेसन अफिसर एलिसन निकोल्स, नाइबरहुट डेपलपमेन्टका अभिसर शैला लिम्बूलगायतले प्रशिक्षण लिएका थिए ।
कार्यशालामा संस्थाका अध्यक्ष ओम थापा, वरिष्ठ उपाध्यक्ष जिव बेल्वासे, नरेन्द्र नेम्वाङ, सचिव बीर बलाल, सदस्य दीपक घले, मगर महिला संघ यूकेका अध्यक्ष छविमाया पुन, सल्लाहकार तथा किरात राई यायोक्खाका अध्यक्ष पदम राईलगायतको उपस्थिति थियो ।






