दातृ निकायले भन्यो, ‘भूकम्पपीडितलाई एकमुष्ट तीन लाख अनुदान नदिनु’

काठमाडौँ – भूकम्पपीडितलाई घर बनाउन सरकारले दिन भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न विभिन्न दातृनिकायले दबाब दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते को बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुईबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

दातृनिकायले आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय लिएको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँमात्र दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न दबाब दिएका छन् ।

बढी दबाब दिनेमा विश्व बैंक अमेरिकी सहयोग नियोग (युएसएड) र जापान सहयोग नियोग (जाइका) छन् ।

यद्यपि, सरकार भने आफ्नो निर्णयबाट पछि नहट्ने संकेत गरेको छ ।