चलचित्र ‘डायरी’को एक आइटम गीत सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने चलचित्रको आइटम गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचरिङ गरिएको छ ।
छुल्ठिम इन्टरटेन्मेन्ट र एयर क्रु प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह मुख्य भूमिकामा छन् । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका हुन् । निर्माणपक्षले आइटम गीत सार्वजनिक गरेर चलचित्रको चर्चालाई अझ उचाइमा लैजान खोजेको देखिन्छ । ‘पैसा न कौडी’ बोलको गीतमा निखिल विश्वासको शब्द तथा संगीत छ भने रेश्मा पुनको स्वर छ ।






