भक्तपुर– नयाँ शक्ति नेपाल पार्टीको संयोजक डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वार्थकोलागि भारतसंग लम्पसार परेर २५ बुदेँ सहमति गरेको आरोप लगाएका छन् ।
नयाँ शक्ति नेपाल जिल्ला परिषद् भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै भट्टराईले भने ‘प्रधानमन्त्रीज्यूले गरेको सहमतिमा नेपालको विदेश निति भारत निर्देशित हुने उल्लेख गरिएको छ ।’
प्रधानमन्त्री जस्तो मानिसले गरेको सहमति भनेको सन्धी–सम्झौता जस्तै भएकाले प्रचण्डले गरेको समहती पढेर आफुलाई त्यो रात निन्द्रा समेत नलागेको भट्टराईले दावी गरे ।
‘११ नंम्बरको बुदाँमा नै अब उपरान्त नेपालको परराष्ट्रनीति भारत निर्देशित हुने उल्लेख गरेको छ,’ भट्टराइले भने ।
प्रचण्डले मुलुकलाई बनाएको यनको आरोप छ ।
६÷६ र ९÷९ महिने म्यादी सरकारले मुलुकको विकाश नहुने भएकाले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वार्चित कार्याकारी राष्ट्रपती प्रणालीमा मुलुक जानुपर्ने उनले बताए ।
यस अघि नयाँ शक्तिले शुक्रवार मात्र यही विषयलाई लिएर भद्रकालीमा धर्ना दिएका थियो ।






