एनआरएन हरुको मार्गदर्शन भिजन २०२० एण्ड वियोण्ड

puspa
 जर्मनी,
गैर आवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलनको अन्तिम तयारी रहेको खबरले धेरै उत्साही बनाएकोछ।
यस पटकको नाराको स्वलोगन सुन्दा गैर आवासीय नेपाली संघ पनि आत्मनिर्भरसंगै  संघले आगामी  दिनहरुमा आफ्ना अभियानहरु संकल्पको रुपमा तय गर्नेछ जस्तो लाग्दछ।आज सम्म संघमा  उठेका धेरै नाराहरु कति पुरा भए भने केहि कानुनी प्रकृयाको पाईप लाईनमाछन। भुकम्प पिडितहरुलाई  १००० घर निर्माण गरी हस्तान्त्रण गरी सके पछि र संघको आफ्नो भवन निर्माण भए पश्च्यात  दिर्घाकालिन संरचना र स्वचालित आफ्नै बजेटमा चल्न सक्ने अवधारणामा विचार बिमर्श र छलफल गर्नु गैर आवासीय नेपाली संघको लागि दुरदर्शी दिर्घकालिन सोचाईको साथमा यो नया आयामले संघको उचाई अझ धेरै ठुलो हुनेछ।
गैर आवासीय नेपाली संघको ईतिहास पल्टाउने हो भने २००६ सालमा जर्मनीको बोनमा आयोजना भएको संघको दोश्रो क्षेत्रीय सम्मेलनमा आत्म निर्भरताको बिषयले प्रवेश पाएकोथियो। १०० मिलियन डलर कोषको  निर्माणको  बारेमा धेरै चर्चा परीचर्चा भएको गैर आवासीय नेपाली संघका अग्रज तथा अभिन्यताहरुलाई स्मरणीयछ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनमा उम्मेदवारहरुको चुनावी घोषणा पत्र सम्म यो बिषयले स्थान पाएको थियो। नवौ क्षेत्रीय सम्मेलनको मुख्य एजेण्डा तय गर्नु अति उपयुक्त भएको मान्नु पर्दछ। संघको घर चलाउन र संघका नियमित अभियानहरु निरन्तरता दिन सधै धनि मान्छे खोज्नु पर्ने र चंदाको भर मात्र निर्भर रहने चलनलाई निषेध गर्ने समय आएको आभास महशुस हुन थाल्दछ। कम पैसा खर्च गर्न सामर्थ्य राख्ने कुशल नेतृत्व प्रदान गर्न सक्ने क्षमतावान व्यक्तिले पनि अब नेतृत्व गर्न दावी गर्न सक्ने गैर आवासीय नेपाली संघको हैसियत निर्माण हुनुपर्दछ। गैर आवासीय नेपाली संघको संस्थागत  धरातलीय विकास भन्दा एकात्मक व्यक्तिबादी हावी हुदै गएको आरोप लगाउदै आएको अवस्थामा गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन “एनआरएन भिजन २०२० एण्ड वियोण्ड” ले  केहि आशा पलाएर आएको र सबै गैर आवासीय नेपालीहरुको साझा र छाता संघ भएको महशुस हुनेछ।
गैर आवासीय नेपाली संघको स्थापना भएदेखि आज सम्म पंजीकृत सदस्य संख्या ५० हजार भन्दा माथि रहदा पनि अहिलेसम्म एउटै आय स्रोत  चन्दाको भरमा धेरै अगाडी बढेको गैर आवासीय नेपाली संघमा समय संगै धेरै परिवर्तन भइसकेकोछन। समृद्ध नेपालको परिकल्पनाको रुप पनि परिबर्तन भई संसार भरमा रहेका सबै नेपालीहरु समृद्ध भएर मात्र समृद्ध नेपाल हुन्छ भन्ने भविष्यवादी  लामो र फराकिलो सोचको साथ सामुयिक लगानी नेपाल तथा आफु रहेको मुलुकमा संयुक्त सामुयिक लागनीको गर्ने अवधारणाको बिकाश भई सकेकोछ। विश्व भरी छरिएर रहेका नेपालीहरुलाई गैर आवासीय नेपाली संघमा आबद्ध गरी आपसी सद्भाव भाईचारा र नेपाल र नेपालीको पहिचान, राष्ट्रिय एकताको संगै एनआरएनहरुको कनेक्टीभिटीमा एक रुपता हुनुले गैर आवासीय नेपालीहरुमा आपसी सहयोगको वातावरण सिर्जना गरी आत्मनिर्भरको बिषयमा अग्रसर रहन अति महत्व पूर्ण भूमिकालाई समयमै छलफल चलाउनुले गैर आवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलनको परिणाम संघको बिकासको लागि कोसे ढुंगा साबित गर्नेछ।
बिस २०४६ साल पश्च्यात धेरै नेपालीहरु बिदेशमा आउन थालेको तथ्यांकले देखाउछ।यो पहिलो पुस्ताका नेपालीहरु आजका सम्पूर्ण गैर आवासीय नेपालीहरु हौ पहिलो पुस्ताका नेपालीहरुको नेपालमा रहेको भाई बहिनि बुवा आमा सितको परिवार र आफ्नो परिवारको जिम्मेवारी बहन गर्न दोहरो मारमा पर्नु परेको अबस्थामा पनि   केहि नेपालीहरु व्यापार व्यवसायमा राम्रो प्रगतिकोवर जादैछन। तर धेरै नेपालीहरुले  ठुलो आर्थिक फट्को मार्न सकेकाछैन। तर पनि सामाजिक, आर्थिक,सांस्कृति र राजनीतिक रुपमा  स्थाई बसोबास गरि प्रगति गरिरहेकाछन। नेपाल भन्दा बाहिर बिदेशमा जन्मेका दोस्रो पुस्ताहरुलाई नेपालीहरुलाई पनि नेपाल संगै जोड्नु पर्दछ र नेपालको बिकासमा हातेमालो गर्दै शिप,ज्ञान,पुजी र जागर खर्चिन दोश्रो पुस्तालाई नेपाल प्रति अभिप्रेरित गर्नु गैरआवासीय नेपाली संघको अहिलेको गहन जिम्मेवारीको बिषय बनेकोछ। युवा प्रति धेरै आकर्षण कार्यक्रमहरुको तर्जुमा गरि अगाडी बढ्दा दोस्रो पुस्ताका नेपालीहरु प्रति नेपालको मोह र आत्मीय भावनाको विकास हुनसक्दछ। अमेरिकाको न्युजर्सीमा २७,२८ अगष्ट २०१६ दिन आयोजना हुन लागेको गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा छलफल, विचार, बिमर्शको लागी तय गरिएको मूल नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डले यी सबै पक्षहरुलाई सम्वोधन गर्ने सम्पूर्ण गैर आवासीय नेपालीहरुको बिश्वासछ।
गैर आवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलनमा मुख्य नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डको छलफलको साथ गैर आवासीय नेपाली संघ बिधान, निमावाली र आचारसंहिताका महत्व पूर्ण पक्षहरुलाई परिमार्जन,संशोधन वा विस्थापन गर्न अति आवाश्यक देखिन्छ।
— गैर आवासीय नेपाली संघमा पर्दा भित्रबाट संचालित गुट, उपगुट र सिन्डिकेट खतम गर्नु पर्दछ।
–बिश्व सम्मेलनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गरी दुइ बर्षको कार्यकालमा पुर्व नेतृत्वहरुका अभियानहरुलाई निरन्तरता दिदै आफ्नो चुनाबी अभियानमा एनआरएन प्रतिनिधिहरुसित प्रतिबद्धता गरेका एजेन्डाहरुलाई लागु गर्न पाउनु पर्ने।
–संघको गोप्यानियता भंग गर्न नपाउने। संघको बैठकले गरेका सबै निर्णयका बिषयहरु पनि बिधान अनुसार प्रबक्ता द्वारा मेडिया सम्म पुराउने।
–आर्थिक परादर्शियता। संघको विश्व सम्मेलन,क्षेत्रीय सम्मेलन ,सबै ६ वटै क्षेत्रीय बैठकहरु र एनसीसीहरुको आय ब्याय परादर्शिक गर्दै सबै गैर आवासीय नेपालीहरुको जानकारीको लागी सर्वाजनिक हुनुपर्ने।
–गैर आवासीय नेपाली संघको पंजीकृत सदस्यतालाई सधै खुल्ला राख्नु पर्ने।
–संघको सचिवालयको आर्थिक तथा काम काज र जिम्मेवारीको बारेमा बिष्तृत जानकारी गराउनु पर्ने।
–गैर आवासीय नेपाली संघको नेतृत्व बिकासको लागि समानुपातिक, समावेसी र सामुयिक हुनुपर्ने।
–गैर आवासीय संघमा बरियताको क्रममा आईसीसी,क्षेत्रीय र एनसीसी सम्म मर्यादा क्रम बिधि बिधान र निमावाली निर्माण गरी एक रुपताका साथ लागु गर्ने।
–गैर आवासीय नेपाली संघमा सम्पूर्ण अग्रज तथा बरिष्ठ ब्यक्तितहरुको सम्मान सहित उचित ब्यबस्थापन गर्नु पर्ने।
–गैर आवासीय संघको बिधिबिधान अनुसार अनुगमन,मुल्यांकन र सम्मान समिति गठन गरी आइसीसी,क्षेत्रीय र एनसीसीहरुमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्ने
–गैर आवासीय नेपाली संघले ट्रेड युनियन जस्तै विभिन्न क्षेत्रमा ख्याती प्राप्त, पेशा गत दक्ष जनशक्तिहरु र च्यामर ओफ कमर्स ब्यापारी तथा उद्योमीहरु संघमा आबद्ध गरी एनआरएनए “दक्ष जनशक्ति तथा ब्यापारी उद्योमी कार्य दल ( Task Force) समिति”गठन गर्नु पर्ने।
–गैर आवासीय नेपाली संघको पदको दुरपयोग गरी अपराधी कृयाकलापमा संलग्न व्यक्तिलाई संघले कारवाही गर्नु पर्ने।
–गैर आवासीय नेपाली संघलाई सबै साझा र छाता संस्थाको रुपमा संस्थागत धरातलीय विकास गर्न उद्यमी ब्यापारी र कामदारहरु बीचको खाडलको धुर्विकरणलाई रोक्ने।
–गैर आवासीय नेपाली संघको युरोप क्षेत्रीय ५ औ बैठकको आम्सरड़ाम घोषणा पत्रको निर्णयलाई लागु गरी विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन, क्षेत्रीय बैठकहरुमा फजुल खर्चलाई रोकी मितब्यैत अपनाउनु पर्ने।
–गैर आवासीय नेपाली संघको लोवो, झण्डा, ब्यानर र प्लेट फर्म प्रयोग गरी आयोजना गर्ने सबै कार्यक्रमहरुको आर्थिक र समेत सम्पूर्ण अभिलेखहरु गैर आवासीय नेपाली संघले राख्नु पर्ने।
–हरेक तिन महिनामा गैर आवासीय नेपाली संघको सम्पूर्ण गतिबिधिहरु ( आर्थिक अभिलेख) स्वतन्त्र रुपले न्युज लेटरलाई विभिन्न माध्यम द्वारा सर्वसाधारणको लागी सार्जनिक हुनु पर्ने।
–गैर आवासीय नेपाली संघको विश्व सम्मेलन सबैको पहुच सम्म पुराउन निर्वाचनलाई सहज गर्ने र पोष्टल तथा अनलाइन गर्नु पर्ने।
–निर्वाचनमा उम्मेदवारहरुलाई फजुल खर्च घटाई रंगी चंगी र उत्तेजित हुनुबाट रोक्ने।
माथि उल्लेखित बिषय बस्तुहरुले गैर आवासीय नेपाली संघको विकासमा सधै अङ्कुसी लगाउने कारक तत्वहरु रहेकोछन। यी कारक तत्वहरुले नेतृत्वलाई कार्य योजनाहरु तथा सम्पादन गर्न धेरै  बाधा अटचन गर्ने भएकोले संघको धरातलीय संस्थागत विकासका बाधक बनिरहेकाछन। संघको बिकासको लागि हरेक क्षण आईपर्ने यी चुनैती पूर्ण समस्याहरुलाई समाधान गर्न नवौ क्षेत्रीय सम्मेलनले सामर्थ्य राख्नु पर्दछ। यी बाधाकहरुको निराकरणसंगै संघलाई आत्मनिर्भर बनाउने उद्धेश्य “एनआरएन भिजन २०२० एण्ड वियोण्ड”लाई सफल पार्न ठुलो सहयोग मिल्नेछ।
गैर आवासीय संघका सबै क्षेत्रीय बैठकहरु सकिय पश्चात गरिने बिश्व सम्मेलन वा क्षेत्रीय सम्मेलनहरुमा संघमा विभिन्न विशिष्ट व्यक्तित्वहरुको विचार,बिमर्श गर्दै संघका सबै प्रगति विवरण र आर्थिक आय ब्याय पेश गर्दै संघको नीतिनियमहरुमा छलफल गरिने गरिन्छ। गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा सधै क्षेत्रीय बैठकमा घोषणा पत्रमा छलफलको क्रममा उठेका बिषय बस्तुहरुलाई समेटेर विचार, बिमर्श,छलफलको टेबुल सम्म ल्याउने सुन्दर लोकतान्त्रिक चलन अनुसार नवौ क्षेत्रीय युरोप बैठकमा अब देखि एनसीसी,क्षेत्रीय, र आईसीसी सबै तिनै तह बजेटरी पद्धतिमा जानु पर्दछ भन्ने सबै प्रतिनिधिहरुको एक रुपतामा आएका आवाजहरु नै संघको आर्थिक आत्म निर्भरताको बिषयमा चारै तीर बाट उठ्दैछ। हामीलाई थाहा छ हो जबसम्म संघमा आफ्नो पुजी र आय स्रोत छैन तब  सम्म संघको अनुमानित पनि बार्षिक बजेट नै बन्न सक्दैन। त्येसैले गैर आवासीय नेपाली संघको संस्थागत विकास र आगामी नेतृत्वको लागि “एनआरएन भिजन २०२० एण्ड वियोण्ड” प्रेरणा दायिक मार्गदर्शन सावित हुनेछ।
गैर आवासीय नेपालीहरुको संख्या कुनै एक युरोपियन देशको जनजसंख्याको बराबर वा अधिक रहेको संघलाई सफल बनाउन नेतृत्वले धेरै चुनैतिहरुको सामना गरी  विश्वको ७४ देशहरुमा अभियानहरुको बिस्तार फैलिएको बिशाल संघ निर्माण भईसकेकोछ। संघको नेतृत्वलाई  बिदेशमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुले  कठिन परिस्थितको समयमा पनि सधै साथ सहयोग र समर्थन रह्यो। स्मरण रहोस!!! नेपाल भिषण माओवादी जनयुद्धले ग्रषित समयमा बिदेशमा रहने नेपालीहरुको हक,हित र अधिकारको पक्षमा “नेपालीको लागि नेपाली”र “एकपटक नेपाली सधैको नेपाली” को  नारा लिएर  जन्मेको गैर आवासीय नेपाली संघका चारै जना अग्रज आदरणीय अध्यक्षहरु नेपालको अस्थिर राजनीतिक सक्रमण कालबाट गुज्रियको अबस्थामा पनि आफ्नो कार्यकालमा गैर आवासीय नेपालीहरु,संघ, नेपाल तथा नेपालीहरुको लागि ऐतिहासिक कार्यसफल भएको गैर आवासीय नेपाली संघको ईतिहासमा सुनौलो अक्षेरले अंकित भएकोछ। संघको स्थापना काल देखि नै रातदिन एकै गरी जोस,जागर र मेहनतले अध्यक्षहरुको प्रेरणादायिक कामको धेरै बर्णन नगरे पनि “गोजीमा धन छातीमा मन”भएका अति शालीन, भद्र,चिन्तनशील,विद्वान,कार्यक्षमता भएका र दक्ष कार्यशैली नेतृत्वहरु  गैर आवासीय नेपालीहरुको  संघलाई हाक्ने व्यक्तित्वहरु  हामी गैर आवासिय नेपालीहरुले पाउनु धेरै शौभाग्यशाली ठान्दछौ। तपाईको निरन्तरता गैर आवासीय नेपालीहरुले अग्रजहरुको आशिरवाद र अबिभावाकत्व सधै ग्रहण गरि रहने अपेक्षा गर्दछौ।
नवौ क्षेत्रीय सम्मेलनको मुख्य नारा “एनआरएन भिजन २०२० एण्ड वियोण्ड ” लाई विचार बिमर्श र बिष्तृत छलफल गरी हरियो सिग्नल पाउदा संघ आत्मनिर्भर तीर अगाडी बढ्दै आगामी नेतृत्वको लागि कुनै अरव पति गैर आवासीय नेपालीको जरुरत हुनेछैन। गैर आवासीय नेपाली संघमा चाहिने दक्ष,कार्यकुशलता क्षमता र संघमा निरन्तर काम गरिरहेको अनुभवी व्यक्तिले पनि नेतृत्वमा जानसक्ने हिम्मत गर्ने एउटा सुखत समाचार हुनेछ।  धेरै बिषेसता भएको यो नारा  आर्थिक परादर्शिता र बिधि बिधानको राम्रो पालाना हुनसक्ने र सम्पूर्ण बिदेशमा रहनेहरु गैर आवासीय नेपालीहरुको  हक,हित र अधिकारहरुको लागी धेरै न्यायोचित हुन सक्ने भएकोले एनआरएनहरुको अभियानमालाई “एनआरएन भिजन २०२० एण्ड वियोण्ड” संकल्पको रुपमा पूर्ण सफलताको लागी सम्पूर्ण गैर आवासीय नेपालीहरुको साथ सहयोग र समर्थनको आवाश्यकताछ।
(लेखक थापा गैर आवासीय नेपाली संघ का सल्लहाकार, एनआरएनए,जर्मनीको पुर्व अध्यक्ष, प्रमुख संरक्षक हुन)