![g]skf -Pdfn]_ sf cWoIf Pj+ k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL hfkfgsf] lx/f]l;df / gfuf;fsLdf P6d ad xdnf ePsf] &! cf}+ :d[lt jif{sf cj;/df cfh oxfF g]kfn ckm|f]–Pl;ofnL hgPstf ;ªu7g -cfK;f]_ n] cfof]hgf u/]sf] …Pl;ofdf cf0fljs c:qsf] cljl5Gg ;Gqf;Ú ljifos uf]i7Ldf . tl:a/ M k|sfz l;njfn÷/f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2016/08/kp-oli.jpg)
जापानको हिरोसिमा र नागासाकीमा एटम बम हमला भएको ७१औँ स्मृति वर्षका सन्दर्भमा आज यहाँ नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठन (आप्सो)ले आयोजना गरेको ‘एसियामा आणविक अस्त्रको अविछिन्न सन्त्रास’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले जहाँ पुग्यो त्यहीँ प्रेम (लभ) गर्नेहरुसँगको सङ्गतका कारण आफू सरकारबाट बाहिरिनुपरेको टिप्पणी गर्नुभयो ।
संसद्मा अविश्वासको प्रस्तावको छलफलपछि अध्यक्ष ओलीले यही साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
आप्सोका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो – “साथीहरु जहाँ पुग्यो त्यहीँ ‘लभ’ गर्दारहेछन्, मधेसमा पुग्यो त्यहीँ ‘लभ’ गर्ने, पहाडमा गयो त्यहीँ ‘लभ’ गर्ने, गत वर्ष मसँग पनि ‘लभ’ गरे तर धोका दिए ।”
अध्यक्ष ओलीले साना स्वार्थले मानव जातिको विकासको बाटो लिन नहुने भन्दै विश्वलाई शस्त्रास्त्रमुक्त पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मनिता जोशी वैद्यले विकिरणहरुको प्रयोग र दुरुपयोगका कारण खाद्यान्नमा पनि नकारात्मक असर पर्ने बताउनुभयो ।
आप्सोका कार्यबाहक अध्यक्ष हिरण्यलाल श्रेष्ठले हिरोसिमा र नागासाकीमा एटम बम हमला मानवीय संवेदनामाथिको ठूलो प्रहारको घटना भएकाले त्यस्ता घटनाको जति निन्दा गरे पनि अपुग हुने उल्लेख गर्नुभयो ।
दोस्रो विश्व युद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा एटम बम आक्रमणका कारण ४० हजारको निधन भएको थियो ।






