अर्को सरकार गठन नभएसम्म कार्य सञ्चालन गर्न ओलीलाई राष्ट्रपतिको आदेश

kpकाठमाडौं, साउन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आजै (आइतबार)का मितिदेखि लागू हुने गरी लिखित राजिनामा दिएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा २९८ को उपधारा ८ को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिएपछि सोही धाराको उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रपतिले वर्तमान मन्त्रिपरिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवादसमेत व्यक्त गरेको उल्लेख छ ।