विकास निर्माण कार्यमा साम्प्रदायिक गन्ध आउनुहुँदैन : मन्त्री यादव

umesh yadavजनकपुरधाम, ११ असार । सिँचाइ मन्त्री उमेश यादवले सूचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने चार जना वरिष्ठ पत्रकारलाई आज जनकपुरमा सम्मान गर्नुभयो ।

सम्मानित हुने वरिष्ठ पत्रकारमा दैनिक जागरणका सम्पादक राजेश्वर नेपाली, जनकपुर एक्सप्रेसका पूर्व सम्पादक रामभरोस कापडी, रासस जनकपुर अञ्चल प्रमुख हिमांशु चौधरी र स्वतन्त्र पत्रकार बिएन खनाल रहनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल जनकपुरद्वारा आयोजित प्रदेशस्तरीय बृहत् सम्मेलनमासो अवसरमा मन्त्री यादवले अहिले पनि हरेक निकायमा विभेद विद्यमान रहेको चर्चा गर्दै विभेदविरुद्धको आन्दोलन मौलिक हकका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले विकास निर्माण कार्यमा साम्प्रदायिक गन्ध आउनुहुँदैन भन्दै यस कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभयो ।

मन्त्री यादवले संविधानको संशोधन सम्भव भए पनि पुर्नलेखन सम्भव नभएकाले एकअर्काको अस्तित्व स्वीकार गरी वार्ताको माध्यमबाट मधेसको मुद्दालाई सम्बोधन गराउन पहलको आवश्यकतामा जोड दिनुभयो ।