नेविसंघ यूकेको अन्तक्र्रिया सम्पन्न :

13330285_1149437445107428_33908650_n[2] लन्डन । नेपाली कांगे्रसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले संविधान कार्यान्वयन अहिलेको चुनौति भएको बताएकी छिन् । उनले विदेशमा रहेका नेपालीमा सकरात्मक भाव र सोच पाइएको बताइन् । नेपाल विद्यार्थी संघ यूकेले गत सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।

‘समसामयिक नेपाली राजनीतिमा नेपाली कांगे्रसको भूमिका’ विषयमा आयोजना गरिएको उक्त अन्तक्र्रिया प्लमप्टेडमा रहेको चौतारी रेस्टुरेन्टमा भएको थियो ।

नेविसंघ यूकेका कार्यवाहक सभापति कुश बस्नेतले सञ्चालन गरेको उक्त अन्तक्र्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समिति यूके अध्यक्ष लोक गुरुङ, नेविसंघ बेलायतका सभापति विनोद सुवेदी,ने वि सघ उपसभापती रेशम बस्याल उपसभापति राजन खकुरेल, कुमार श्रेष्ठ, अर्जुन कटुवाल, विपिन निरौला, भोज गुरुङ, राजकुमार त्रिपाठी, शेर सुनार, हरिबहादुर मल्लले पनि बोलेका थिए ।