
काठमाडौं- मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भीआईपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् । सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भीआईपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्ने हुन्छ ।
यसअघि गत मंसिर दोस्रो साता भारतीय रक गायक मोहित चौहानलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न दिइएको थियो । त्यतिवेला प्रधानसेनापति गौरवशमशेर राणा थिए । उनकै निर्देशनमा गायक चौहानलाई भीआईपी कक्ष प्रयोग गर्न दिइएको थियो ।
नेपालका ख्यातिप्राप्त कलाकारले त्यो सुविधा पाउँदैनन् ।






