नन्दमाया आइसियुमा, वेवारिसे बन्दै गंगाप्रसाद

Adhikari-couppleकाठमाडौं । माओवादीद्धारा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीका साक्षीलाई पूर्णरुपमा सुरक्षा दिएर अदालतमा बयानका लागि ल्याउन मानवअधिकारवादीहरुले आग्रह गरेका छन् ।
नेपाल मानव अधिकार संगठनको कार्यालय अनामनगरमा मंगलबार बसेको संयुक्त बैठकले साक्षीलाई बोल्न एमाओवादी पक्षबाट खतरा महसुस भएको भन्दै त्यसतर्फ गम्भीर बन्न सरकार र सम्वन्धित निकायलाई माग गरेको छ । संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले घटनालाई सत्यतथ्य रुपमा प्रष्ट पार्न आलटाल भइरहेको बताए । ‘ जसले ती सबै घटनालाई साक्षीका रुपमा बुझेको छ उसले नै बोल्न नपाउने हो भने त अर्को समस्या आउँछ ’ अर्यालले भने ‘ अहिलेसम्मको अवस्थालाई बुझ्दा ती व्यक्तिले आफूमाथि खतरा हुने भन्दै अदालतमा आउन सकेका छैनन् , यो व्यवहारिक समस्या हो । ’ १७ वर्षका कृष्णप्रसाद गोरखाबाट चितवन आएका बेला माओवादीले अपहरण गरी हत्या गरेका थिए । न्याया माग्दै आमरण बसेका कृष्णप्रसादका बुबा नन्दप्रसादको डेढ वर्षअघि बीर अस्पतालमा निधन भएको थियो भनें आमा नन्दमाया अझैपनि त्यहीं आइसीयुमा छिन् । संगठनका अध्यक्ष अर्यालले नन्दमायाको मरण पनि कुन बेला हुने हो भन्न नसकिने बताए । ‘हामी यो घटनालाई नजिकबाट हेरिरहेका छौं, तर सरकारले जुन जिम्मेवारी निर्वाह गर्नुपर्ने हो अलिकति चासो पनि लिएको पाइएन ’ उनले भने ‘ न्याया माग्दामाग्दै कुनै पनि नागरिकको ज्यान जान्छ भने मानव अधिकारमात्र होइन सामान्य न्यायाको सिद्धान्तले पनि यसलाई मान्दैन । ’ अधिकारी परिवारका दुई छोरामध्ये जेठा नूरप्रसाद अहिले वेपत्ता छन् । अदालतमा किटानी जाहेरी दिएर न्यायाको लागि संघर्ष गरिरहेका नूरप्रसादलाई सार्वजनिक जीवन धान्न असहज भएको परिवारले जनाएको छ । नन्दप्रसादको पार्थिव शरीर शिक्षण अस्पतालमा राखिएको छ । मानव अधिकारको क्षेत्रमा कार्यरत चरण प्रसाई, केदारनरसिंह केसी, शम्भु थापा, सुशील प्याकुरेल, बाबुराम गिरीलगायतको संयुक्त बैठकले पूर्व सभासद् बालकृष्ण ढुंगेललाई कारवाही गर्न पनि माग गरेको छ । बैठकले राज्यशक्तिले कारवाही गर्न आँट नगरेको आरोपसमेत लगाएको छ । सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग पनि औपचारिकतामात्र भएको भन्दै उनीहरुले पीडितलाई न्याया दिनसक्ने सम्भावना कम भएको अनुमान गरेका छन् । ‘ घटनालाई अल्मल्याउने गरी आयोग बनेर मुद्धालाई किनारा लगाउने काम होला भन्ने शंका लागेको छ ’ एक अधिकारकर्मीले भने ‘कुनै पनि वहानामा द्धन्द्धकालीन मुद्धा भन्दै कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन । ’ द्धन्द्ध भन्दै व्यक्तिगत ‘रिसइवी’ का आधारमा कसैको ज्यान लिने वा अमानवीय गतिविधि गर्ने कसैलाई पनि छुट दिन नहुने तर्क गरिएको छ ।
अधिकारकर्मीको बैठकले माओवादी द्धन्द्धको समयमा माओवादी र सरकार दुवै समूहबाट मानव अधिकारको हनन भएको उल्लेख गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयानका लागि नियन्त्रणमा लिएका साझा यातायातका अध्यक्ष तथा हिमाल मिडियासँग सम्वद्ध कनकमणि दीक्षितलाई व्यक्तिगत असमझदारीका आधारमा पक्राउ गरिएको आरोप लगाएको संगठन अध्यक्ष अर्यालले आरोप लगाएका छन् । ‘हिजोको दिनदेखि नै अख्तियार प्रमुख लोकमानसिंह कार्की र दीक्षितको मत फरक हुँदै आएको थियो, दीक्षित लोकतन्त्र र जनआन्दोलनको पक्षमा हिंडेका हुन् तर कार्की आन्दोलन दवाउनुपर्छ भनेर हिंडेका हुन्, यस्ता धेरैथरी फरक मत छन् यी दुइबीच ’ उनले भने । कानूनका समेत जानकार अर्यालले पीडितले न्यायाका लागि जुनसुकै विकलप पनि रोज्न सक्ने भएकाले उसलाई त्यो अधिकार दिनुपर्ने तर्क राखेका छन् ।