पत्रकार कनकमणि दीक्षित पक्राउ

kanakकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन् । उनलाई पाटन ढोकाबाट पक्राउ गरिएको हो ।

गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा लगिएको छ ।

उनीमाथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो । उनी साझा यातायातका अध्यक्षसमेत हुन् ।