गुल्मी २६ पुस ।
अहिलेसम्म बुटवलबाट पाल्पा हुँदै घुमाउरोबाटो यात्रा गर्न बाध्य गुल्मेलीहरु अव केही वर्षभित्रै छोटो बाटोमा गुल्मी पुग्न पाउने भएका छन् । रुपन्देहीको सालझन्डीबाट अर्घाखा“चीको पटौटी हुँदै गुल्मीको तम्घास जाने द्रुतमार्ग बन्नेभएपछि गुल्मी जाने बाटो छोटो र सजिलो हुने भएको हो ।

सडकको हालैमात्र शिलान्यास भएको छ । अव सडक दु्रत गतीमा बन्ने परीयोजनाका ईन्जिनीयर मेघराज मरासिनीले बताउनुभयो । अहिलेसम्म गुल्मी पुग्न १ सय १९ किलोमिटर दुरी पार गर्नुपर्नेमा दु्रतमार्ग बनेपछि जम्मा ७३ किलोमिटरमा सदरमुकाम तम्घास पुगीने छ । यो अहिलेभन्दा ४६ किलोमिटर छोटो हो । सालझन्डी–ढोरपाटन सडकखण्डको पटौटीबाट गुल्मीजाने सडक जोडिएको हो । पटौटी गाविसबाट खज्र्याङ हु“दै तम्घास जान ३४ किलोमिटर मात्र दुरी तय गरे पुग्नेछ ।
द्रुतमार्गको अर्घाखा“ची पटौटी गाविसमा पूर्वमन्त्री तथा एकीकृत माओवादीका सभासद् टोपबहादुर रायमाझी, नेपाल सरकारका मुख्यसचिव लीलामण्ँि पौडेल, नेपाली कांग्रेसका सभासद् चन्द्र भण्डारी, एमाले सभासद् डा. दुमनसिंह थापाले संयुक्त µपमा शिलान्यास गर्दै यस्तो जानकारी दिएका हुन् ।
तम्घासबाट रिडी–तानसेन–बुटवल सडकखण्ड लामो र दुर्घटना बढी हुन थालेपछि गुल्मीको छिटो तथा सुरÔित यात्रा विकल्पमा द्रुतसडक निर्माण्ँ थालिएको सभासद् चन्द्र भण्डारीले बताए । पटौटी–खज्र्याङ–तम्घास सडक निर्माण्ँका लागि यो वर्È २ करोड १० लाख बजेट विनियोजन भएको थियो ।
विनियोजित रकम २ खण्डमा बा“डी पटौटी–खज्र्याङ सडकखण्डको ट्रयाक खोल्न ८० लाख ४ हजार ७ सय ७८ रुपैया“ र खज्र्याङ–तम्घास सडकखण्डको ट्रयाक खोल्न ३७ लाख ८२ हजार ६ सय ७५ रुपैया“मा ठेक्का स्वीकृत भइसकेको सालझन्डी सन्धिखर्क, ढोरपाटन सडक परियोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
कार्यक्रममा सरकारका मुख्यसचिव लीलामण्ँि पौडेलले गुल्मीलाई तराईस“ग जोड्ने छरितो र सुरÔित बाटोको µपमा द्रुतमार्ग निर्माण्ँ थालिएको बताए ।
एमाओवादी नेता टोपबहादुर रायमाझीले अर्घाखा“चीको पूर्वी भेगदेखि उत्तरको भेगमा जोड्ने सालझन्डी सन्धिखर्क ढोरपाटन सडक निर्माण्ँ र तम्घास जोड्ने द्रुतमार्ग बनेपछि अर्घाखा“ची ‘टनिर्ङप्वाइन्ट’ हुने जानकारी दिए ।
हाल तम्घासबाट रिडी, तानसेन हु“दै पूर्व–पश्चिम राजमार्गमा जोडिन १ सय १९ किलोमिटर दुरी पार गर्नुपर्नेमा द्रुतमार्ग बनेपछि ४६ किलोमिटर छोटो पर्नेछ ।






