काठमाडौँ- नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार गरिने भएको छ ।
पार्टीको निर्वाचन समितिले साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको छ । निर्वाचन समितिले नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई विजयी भएको प्रमाणपत्र दिएपछि सबै औपचारिक रूपमा आ-आफ्नो पद सम्हाल्ने छन् ।
गत फागुन २३ गते भएको निर्वाचनबाट सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ जना निर्वाचित भएका थिए । फागुन २३ गते भएको मतदानको मत परिणाम सोमबार साँझ मात्र आएको थियो ।
कांग्रेस नवनिर्वाचित समितिको पदभार बुधबार






