फेरि प्रकाशमानलाई उछिने खुमबहादुरले

khum bahadur khadkaकाठमाडौं- नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा जारी मतगणनामा पुनः खुमबहादुर खड्काले अग्रता लिएका छन् । यसअघि अगाडि रहेका प्रकाशमान सिंहलाई पछि पार्दै खड्काले अग्रता लिएका हुन् । खड्काले २ सय १४ मत पाएका छन् भने प्रकाशमान सिंह २१३ मतका साथ दोस्रो स्थानमा छन् ।

डा शेखर कोइरालाले २०५ मत पाएका छन् भने प्रदीप पौडेलले २०१ तथा प्रदीप गिरी र बालकृष्ण खाँडले २०० मत पाएका छन् । खुलातर्फको गणना सकेर आजलाई स्थगित गरिएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताए ।

१. खुमबहादुर खड्का – २१४
२. प्रकाशमान सिंह – २१३
३. डा. शेखर कोइराला – २०५
४. प्रदीप पौडेल – २०१
५. प्रदीप गिरी – २००
६. बालकृष्ण खाँड – २००
७. बिमलेन्द्र निधी – १९९
८. महेश आचार्य– १९०
९. केबी गुरुङ – १८७
१०. पूर्णबहादुर खड्का – १८६
११. रमेश लेखक – १८६
१२. विश्वप्रकाश शर्मा – १८१
१३. डा. रामशरण महत – १७८
१४. धनराज गुरुङ – १७७
१५. डा. प्रकाशशरण महत – १७७
१६. सुजाता कोइराला – १७७
१७. शंकर भण्डारी – १७५
१८. गोपालमान श्रेष्ठ – १७१
१९. बलबहादुर केसी – १७०
२०. डा. मीनेन्द्र रिजाल – १६८
२१. चन्द्र भण्डारी – १६२
२२. डा. नारायण खड्का – १६०
२३. ज्ञानेन्द्रबहादुर कार्की – १५९
२४. बद्रि पाण्डे – १५८
२५. एनपी साउद – १५६