कांग्रेसमा मा यी हुन् सम्भावित चुनाव जित्नेहरु

आजदेखि महामन्त्री कोषाध्यक्ष र केन्द्रीय सदस्यको मतगणना

12767418_10205743837504023_859487180_n[2]काठमाडौं- नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । मंगलबारदेखि गणना हुने मत परिणाम कसको पक्षमा कसरी आउँछ भन्ने चासोको विषय बनेको छ । सबैजसोले आफ्नै तरिकाले व्याख्या गरेका छन् ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

महामन्त्रीमा देउवा समूहबाट अर्जुननरसिंह केसी प्रतिस्पर्धामा छन्, उनी केही दिनअघिमात्र संस्थापनबाट अर्कोतिर घोषित रुपमा गएका थिए । सिटौला समूहबाट केसीका ज्वाँई गगनकुमार थापा लडेका छन् । यूवानेता थापाको उम्मेदवारीले राजनीतिक वृतमा नयाँ तरंग पैदा गरेको छ । ससुरा–ज्वाँइले नै जसरी भएपनि आफ्नो पक्षमा परिणाम पार्न यस्तो गरिएको भनेर आलोचना गरिएको छ ।

सशांक यो महाधिवेशनमा कसैसँग खुलेर मत नमागेका नेताका रुपमा चिनिन्छन् । सिटौलाले तीनसय २२ मत ल्याएका थिए, गगनले उनीभन्दा बढी मत ल्याउने प्रष्ट छ त्यसो हुँदा यसको असर पौडेलका महामन्त्री उम्मेदवार सशांक कोइरालालाई असर पर्ने छ वा विपी कोइरालाको छोराको नाताले प्रशस्त मत आउने एकथरीको तर्क छ । गगनले मत धेरै ल्याउँदा ससुरालाई फाइदा पुग्ने छ, गगन र सशांक दुवै संस्थापनकै मान्छे हुन् ।

मन्त्री हुँदा कार्यकर्ताको कामै नगरेको र श्रीमानको साथ लिएर शिक्षामा अनियमितता गरेको घाउ लागेको छ शेरबहादुर देउवाको समूहबाट कोषाध्यक्षमा उठेकी चित्रलेखा यादवलाई । उनी निवर्तमान कोषाध्यक्ष पनि हुन् साथसाथै मधेस र महिलाको साथै गुटको मतले उनी जित्न सक्ने पनि तर्क छ, कार्यकर्ताले हिजोको मूल्यांकनलाई आजको महाधिवेशनमा खोजी गरे भनें धेरै पुराना नेताहरुले पनि हार्न सक्ने सम्भावना बढेर गएको छ । झट्ट हेर्दा ईमान्दार देखिने र मीठो बोल्ने उनको कलाले पनि जिताउन सक्छ गुटको मत आयो भने, उनी अरु दुई उम्मेदवारभन्दा अलि चर्चित व्यक्ति हुन् । उनीसँग रामचन्द्र पौडेलको तर्फबाट सितादेबी यादव उम्मेदवार छिन्, उनी कार्यकर्तामाझ त्यति पपुलर नहुँदा जित्नका लागि प्रयासमात्र हुन्छ कि भन्ने अनुमान गर्न सकिन्छ । सितादेवीको ठाउँमा महोत्तरी –२ की सांसद किरण यादब भए हुन्थ्यो भन्ने कार्यकर्ताको गुनासो रहेको छ ।

केन्द्रमा पुगिसकेका पुराना नेताले पनि हार्छन् कि भन्ने बजारी हल्लाले नेताहरु तर्सिएका छन् त्यसैले हिजोको मतदानमा नेताहरु कार्यकर्तालाई ‘ज्यूज्यू’ गर्न लाइनमा ठेलामठेल गर्दै बसेका थिए । बजारमा मिनेन्द्र रिजाल, नारायण खड्कामाथि जनाताको शंका छ । सुशील कोइरालाको निधन भएपछि संस्थापन नै मात्र कांग्रेस भन्नेहरु ठूलो संकटमा परेका छन् ।

मिनेन्द्र दुईपटकसम्म संविधानसभामा मनोनीत सांसद हुन् भने उनको कार्यक्षेत्र अत्यन्त कमजोर छ संसदीय वा अन्य निर्वाचन जित्नका लागि । नारायणलाई त्रिपाल काण्ड लागेको छ, गत बैशाखमा गएको भूकम्पका बेला त्रिपाल किन्दा आर्थिक अनियमितता गरेको आरोप लागेको छ, उनी त्यतिबेला शहरी विकासमन्त्री थिए । २५जनाको खुला कोटामा नयाँ अनुहारबाट विश्वप्रकाश शर्मा , प्रदीप पौडेल , रमेश लेखक, बद्रि पाण्डे, रामहरी खतिवडा, जीपछिरिङ लामा, धनराज गुरुङ, डिना (महालक्ष्मी) उपाध्याय अगाडि देखिएका छन् ।

धनराज आदिवासी÷जनजाति र डिना महिला कोटाबाट र बद्री अञ्चलबाट जितेका हुन् । यी तीनजनाको विचारलाई निकै साहसका साथ कार्यकर्ताले हेरेका छन् । प्रत्येक प्रदेशबाट दुईजना केन्द्रीइ सदस्य चुनिने छन्, यसअघि अञ्चल संरचनामा एकजना छानिन्थे । एक नम्वर प्रदेशबाट गुरुराज घिमिरे ,भिष्मराज आङ्देम्बे, र अमृत अर्याल, दुई नम्बरबाट आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल र तेजुलाल चौधरी, ३ बाट नबिन्द्रराज जोशी र मोहनबहादुर बस्नेत, ४ बाट अर्जुनप्रसाद जोशी, विष्णुप्रसाद धिताल, गोबिन्द भट्टराई र सुरेन्द्र पाण्डे, ५ नम्वरबाट देबेन्द्रराज कडेल, दीपक गीरी, राजु खनाल , ६ नम्बरमा हृदयराम थानी र जीवनबादुर शाही , ७ नम्बरबाट दिलेन्द्रप्रसाद बडु , बीरबहादुर बलायर वा बहादुरसिंह थापाले केन्द्रीय सदस्य बन्ने सम्भावना बढेको छ ।

मुस्लिममा फरमुला मन्सुर, आदिवासी ÷ जनजातिको ३ जनाको कोटामा बहादुरसिंह लामा, आङ्गेलु शेर्पा वा चिनकाजी श्रेष्ठ ,दिलमान पाख्रिनमध्ये आउन सक्छन्, श्रेष्ठ संसदीय दलका प्रमुख सचेतकसमेत हुन् । दुईवटा महिला आदिवासी ÷ जनजाति महिलामा सिता गुरुङ र रत्ना शेरचन आउन सक्छन् । मधेसी ३ कोटामा महेन्द्र यादव, अजय चौरसिया, रामकृष्ण यादव, विरेन्द्रकुमार कनौडिया अगाडि छन् ।

मधेसी २ महिलामा किरण यादव, पार्वती डीसी चौधरी, मीनाक्षी झा , ६ जना महिलामा कमला पन्त, डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, उमा अधिकारी, मीना पाण्डको नाम चर्चामा छ । दलितको ३ कोटामा मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा र जीवन परियार, दलितको दुई कोटामा सुजाता परियार र लक्ष्मी परियार अगाडि भएको तथ्यांक छ । कार्यकर्ता र नेताले देउवा समूहले नै बढी प्रतिनिधित्व गर्ने अनुमान गरेका छन् ।