एमाओवादीले सदस्यता नवीकरण खोल्ने

maiust
काठमाडौं- मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न एकीकृत माओवादीको स्थायी समिति बैठक बस्दैछ ।

स्थायी समितिको बैठक दिउँसो ३ बजे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बस्ने भएको दाहालको निजी सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय समितिका बैठकले गरेका निर्णयहरुको समीक्षा, प्रदेश समितिहरूमा थपघट गर्ने, जनवर्गीय मोर्चाको भेला र सम्मेलनको मिति तय गर्ने, पार्टी सदस्यहरूको नवीकरण, सरकारका कामहरका विषयमा छलफल हुनेछ ।