अरनिको राजमार्गअन्तर्गत धुलिखेल पाँचखाल खण्डको खावामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दोलालघाटका लागि छुटेको ना.३.ख ११२५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
पाँचखालमा बस दुर्घटना, दुईको मृत्यु






