कार्गो जहाजमा ७ सयजना आप्रबासी

कार्गो जहाजमा गोप्य ढंगले लुकाएर लैजाँदै गरेका ७ सय जना आप्रबासी इटालीमा पक्राउ परेका छन् । एक मालबाहक पानीजहाजमा रहेका उनीहरुलाई इटालीको गालीपोली बन्दरगाहमा पक्राउ गरिएको हो । ती आप्रबासीलाई जहाजको एक डब्बामा राखिएको अवस्थामा फेला पारिएको हो । ती आप्रबासीमा धेरैजसो सिरियाली र कुर्दिष्ट शरणार्थी भएको बताइएको छ । चिसोको कारण त्यसरी बन्दी बनाइएकाहरुको अवस्था अत्यन्त चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार चिसोको कारण केहीको मृत्यु भएको हुनसक्छ ।