स्पेन ।
नेपालका लोकप्रिय गायक राजेशपायल राई सहितका कलाकारहरुले दशैंका अवसरमा स्पेनमा आयोजित कार्यक्रममा आफ्नो दमदार प्रस्तुति दिएका छन् । एनआरएनए स्पेनले आयोजना गरेको दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रममा गायक राईसहितका कलाकारको प्रस्तुतिले कार्यक्रम भव्य भएको आयोजकले जनाएका छन् ।![12182038_925770054183851_308790831_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/10/12182038_925770054183851_308790831_n1.jpg)
गायक राजेशले डेनमार्क लगायत युरोपका अन्य देशमा समेत प्रस्तुति दिने भएका छन् । आगामी ३१ तारिख शनिवार डेनमार्कको दोश्रो ठूलो शहर आरुसमा सहभागी हुने कार्यक्रममा पनि राई सहभागी हुनेछन् । नेपाली समाज डेनमार्कका अध्यक्ष तथा आयोजक इन्द्र सापकोटाले कार्यक्रमका लागि हल सजावटसहित विशेष तयारी भइरहेको जनाए । ![12188635_925770000850523_973114701_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/10/12188635_925770000850523_973114701_n1.jpg)
कार्यक्रमबाट संकलित रकममध्ये केही नेपालको एक दुर्गम गाउंमा विद्यालय बनाउन खर्च गरिने सापकोटाले जनाए । कार्यक्रम संयोजक माया सुवेदीले कार्यक्रममा राई अलवा स्थानीय कलाकारहरुको गीत संगीत रहने जनाइन् । उक्त कार्यक्रम आयोजना इन्द्रलाल सापकोटा र माया सुवेदीले गरेका हुन् । यो जोडीले भूकम्पका बेला नेपालमा ५ लाख रुपैयां भन्दा बढि सहयोग गरेको थियो ।






