काभ्रे, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले कुनै समय नेपालले पनि भारतलाई नाका बन्दी लगाउने दिन आउने बताउनु भएको छ ।
काभ्रेको बनेपामा काभ्रे उद्योग वाणिज्य संघको ३८ औं साधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मुरारकाले राजनीतिक अस्थिरताबाट एउटा निकासमा आउदै गरेको देशमाथि नाकाबन्दी लगाइ भारतले ठूलो गल्ति गरेको बताउनुभयो । राजनीतिक अस्थिरता समाप्त हुने समय नेपालमा नजिकिएसंगै केहि समयमा नेपालले जलविद्युतमा विकास गर्ने दाबी गर्नुभयो ।
उहाँले जलविद्युतको विकाससंगै नेपालले अरु देशलाई विद्युत बेच्ने अवस्था आउने र भारतले निहुँ खोजे तह लगाइने स्पष्ट पार्नुभयो । तराइको आन्दोलन र भारतीय नाका बन्दीले देशको आर्थिक क्षेत्र धरासायी बनेको भन्दै तत्काल समाधान खोज्न सरकारसंग आग्रह गर्नुभयो
उहाँले विद्युतीय, कृषि र पर्यटनका क्षेत्रमा विकास गर्न सके भारतलाइ नै नाकाबन्दी लगाउने दिन आउन सक्ने बताउनुभयो ।
देशको आर्थिक क्रान्तिले मात्र देशमा अरुको नाका बन्दीले केहि असर नपर्ने भएकाले अबको बाटो आर्थिक क्रान्तिको हुनु पर्नेमा अध्यक्ष मुरारकाले जोड दिनुभयो ।
‘नेपालबाट नाकाबन्दी लगाएर भारतलाई तह लगाउछौं’






