प्रचण्डले भने ‘कोइराला आफैँ प्रधानमन्त्री बन्ने दाउमा’

काठमाडौं १५ असोज। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएपनि परिस्थिति परिवर्तन हुँदै गएको बताएका छन् । नागरिक दैनिकमा समाचार छ ।
राजधानीमा शनिबार पार्टी निकट नेवा, ताम्सालिङ र तमुवानको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री पदका लागि धेरै नेताको ग्रन्थी रसाएको बताए । अध्यक्ष दाहालले मुलुकमा आएको उतारचढावसँगै कांग्रेस सभापतिसमेत प्रधानमन्त्री सुशील कोइराला आफैँ निरन्तरता दिन लागिपरेको बताए ।
शेरबहादुर देउवा, रामचन्दै पौडेल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनले सुनाए । केपी ओली, माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनले सुनाए ।