वीर्यदान गरे आइफोन सिक्सएस पाइने

iphone-sperm3_1442657154विश्वभर एप्पलको आइफोनको क्रेज छ । मानिसहरुले आइफोन किन्नका लागि अनौठो कृयाकलाप गर्ने गरेको विभिन्न समाचारहरु हामी सुन्न पाइरहेका हुन्छौं । त्यही सिलसिलामा चीनको एक स्पर्म (वीर्य) बैंकले अनौठो अफर राखेको छ ।
चीनियाँ मिडियाका अनुसार देशका केही स्पर्म बैंकले त्यहाँ वीर्य दान गर्नेलाई आइफोन सिक्स एसको अफर दिएका छन् ।
एउटा अस्पतालको विज्ञापनमा लेखिएको छः ‘तपाईंलाई आइफोन सिक्सएस किन्नका लागि किड्नी बेच्नु पर्दैन । केवल वीर्य दान गर्नुहोस् र आइफोन सिक्सएस किन्नुहोस् ।’ यस्तो अफर सांघाईको हुआंगपुस्थित रेन्जी अस्पतालमा राखिएको छ ।
यस्तो अफरका लागि अस्पतालले चीनको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल विच्याटको प्रयोग गरिरहेको छ । सोमबार मात्र पोष्ट गरिएको उक्त विज्ञापनका ४ लाखभन्दा बढीले हेरिसकेका छन् ।
अस्पतालले २२ देखि ४५ वर्ष उमेर समूहका पुरुषको विर्य माग गरेको छ । ४० एमएल वीर्य दान गर्नेलाई ८० हजार रुपैयाँ दिने बताएको छ । यस विज्ञापनको आलोचना पनि भइरहेको छ ।