एमी जेक्सन र अक्षयको रोमान्स

कमेडी चलचित्र ‘सिंह इज किंग’ मा हैप्पी को भूमिका गरेर दर्शकको मन जित्न सफल भएका एक्शन स्टार अक्षय कुमारले यस्तै चलचित्रको सीक्वल ‘सिंह इज ब्लिंग’ अक्टोबरमा २मा आउने भएको छ । चलचित्रमा एमी जेक्सन र अक्षय कुमारले रोमान्स गरेका छन् ।
अक्षय कुमार र एमी जेक्सन को यो चलचित्रलाई प्रभु देवाले निर्देशन गर्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चलचित्रमा अक्षय रफ्तार सिंहको भूमिकामा देखिने छन् । अक्षय, एमी जेक्सनसँगै ‘सिंह इज ब्लिंग’मा लारा दत्ता र के.के मेननको पनि महत्वपूर्ण भुमिकामा देखिदैछन् चलचित्र २ अक्टुबरबाट प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।
चलचित्रको कथा वस्तु पञ्जाब का एक युवकको हो जसको जिन्दगीको कुनै योजना हुँदैन र केहीगर्न खोज्दा असफल हुन्छ ।
यो चलचित्रमा दक्षिण भारतीय चलचित्रकी हट अभिनेत्री एमी जेक्सन सिल्वर स्क्रीनमा खेलाडी कुमार अक्षय कुमारसँग रोमान्स गरेको देखिएकी छन् सार्वजनिक भएको ट्रेलरमा । यो चलचित्रको सुटिङको समयमा अक्षयकुमार घाइते पनि भएका थिए ।