जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले राजधानीमा जाडो बढेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले २६ मंसीर बिहान यो वर्षको सबैभन्दा कम तापक्रम मापन भएको जनाएको छ । महाशाखाका अनुसार २६ मंसीर बिहान ५.४५ बजेको तापक्रम १.७ डिग्री सेल्सियमसम्म पुगेको छ ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलले यो वर्षकै सबैभन्दा कम तापक्रम भएको बताइन् । उनले भनिन्, “यो राजधानीमा जाडो बढेको संकेत हो ।”
डिसेम्बर महीनाको औसत तापक्रम भने ३.७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । आकाश खुलेकाले जाडो बढेको मौसमविद् कँडेलको भनाइ छ ।
राजधानीमा बढ्यो जाडो






