स्कटल्यान्डको नेपाली मेलास्थलमा दूतावासले राहदानी र कन्सुलर सेवा दिने

लण्डन । बेलायतको स्कटल्यान्डमा जुन २३ मा लण्डन स्थित नेपाली दूतावासको सहकार्यमा नेपाली संस्कृति झल्काउने पहिलो नेपाली मेलाको तयारी व्यापक गरिएको छ।
दुताबासले नेपाली मेलास्थलमा राहदानी र कन्सुलर सेवा प्रदान गर्ने एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले लण्डन नेपाल न्यूजलाई बताए ।

दूतावासले सूचना जारी गर्दै गैर आवासीय नेपाली संघ स्कटल्यान्ड र स्थानीय नेपाली संघ संस्थाहरुसँगको समन्वयमा यही जून २३ मा आयोजना हुन लागेको नेपाली मेला २०२५ को आयोजनास्थलमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम समेत रहेको जानकारी गराएको हो।