लन्डन । बेलायतमा पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडियो निर्माणले तीव्रता पाएको छ । यसै सिलसिलामा लन्डनमा निर्मित एक नयां म्यूजिक भिडियो रिलिज भएको हो । बेलायत कर्मथलो बनाइ नेपाली म्यूजिक भिडियो निर्देशनमा सक्रिय चलचित्रकर्मी हरुको म्यूजिक भिडियो ‘ ‘आउंदैछु म सार्वजनिक भएको हो ।
निर्माता निरु पुन र गायक सुरेशराज पाठकको स्वर, कथा र निर्देशनमा नयां म्यूजिक भिडियो ‘आउंदैछु म’ सार्वजनिक भएको छ ।
उक्त म्यूजिक भिडियोमा करिश्मा मानन्धर अभिनित ३० बर्ष पहिले निर्माणधिन चलचित्र कस्तुरीलाई नयाँ ईडिटिङ गरेर फेरी दर्शक सामु प्रदर्शन गरेका प्रशान्त तथा करिष्मा ढकाल र रमिला न्यौपानेले अभिनय गरेका छन् ।
दीपकराज पाठकले रचना गरेको गीत ‘आउंदैछु म’ मा संगीत एरेन्ज विपिन आचार्यको छ ।
बेलायतका विभिन्न ठाउंमा छायांकन गरिएको उक्त म्यूजिक भिडियो सुमन श्रेष्ठले छायांकन गरेका हुन् ।(भिडियो हेर्नुस् )






