लन्डन – नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ। आगामी नोभेम्बर ५ तारिखमा युद्धमा बीर गति प्राप्त गरेरका शहिदहरुको सम्झनामा मनाइने “रिमेम्बरेन्स डे” को अघिल्लो साता १० किलोमिटर रनको कार्यक्रम आयोजना गर्न लागेको छ ।
क्लबले हरेक बर्ष आयोजना गर्ने उक्त कार्यक्रममा एस्टार फाइनान्सको प्रमुख प्रायोजन रहेको छ । भने मेकवर्थ एकाउन्ट , एइएसएन रिक्रुटमेन्ट लगायातका संस्थाले सह प्रायोजन गरेका छन्। नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्ट मार्फत मीरा राई इनिसीएटिभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ। समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ५०० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने जनाइएको छ । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिने बताइएको छ । प्रथम हुने १ जना पुरुष र महिलाले नेपालको प्रसिद्ध अन्नपूर्ण म्याराथनको पास प्राप्त गर्ने जनाईएको छ। नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक संतोष राईले जनाएका छन् ।






