लण्डनमा क्षेत्री समाजका दिदि बहिनिहरुले साधना सहित लोकप्रिय कलाकारको साथमा तीज पर्व मनाउदै,

लण्डन । साउथ लन्डनमा तिज विषेश कार्यक्रम हुने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा क्षेत्री समाज बेलायतले तिज विषेश कार्यक्रम आयोजना  गर्ने भएको हो ।

क्षेत्री समाज यूके, दिदीबहिनी समूहले तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम एवम् शुभकामना आदान प्रदान आगामी १९ अगष्ट शनिबार प्लमस्टिड स्थित रेडिकल क्लब गर्ने भएको हो।


कार्यक्रमको सुरुमा साधना सहित नेपालका ख्यातीप्राप्त कलाकारको बेजोड प्रस्तुति रहने साथमा अन्य स्थानीय कलाकारहरुको समेत नृत्यको बेजोड प्रस्तुतिले कार्यक्रम मनोरन्जनात्मक हुने क्षेत्री समाज यूके अध्यक्ष श्रद्धा थापाले लन्डन नेपाल न्युज लाई बताइन।


उनले हिन्दू नारीहरुको महान चाड तीजको विशेष अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेकी छन् ।

महिला दिदीबहिनीले आफ्नै भेषभुषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने  धारणा छ । परम्परादेखि तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकोले यो पर्व नेपाली दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ ।

तीजमा विवाहिता महिलाहरु आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहिता महिलाहरु राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको छ ।

आयोजक क्षेत्री समाज यूके, दिदीबहिनी समूह
मिति: १९ अगष्ट २०२३ (शनिबार)
स्थान: प्लमस्टिड रेडिकल क्लब
83-88 Walmer Terrace, Plumstead, SE18 7DZ
सम्पर्क: Shraddha Thapa : 07823448863
Dhruba B Gautam- General Secretary Mobile No: 07850380567
Raju Bohora-Secretary Mobile No: 07983868845
Anjana Thapa 07896718751
Samjhana Mahat 07838 652333
Ranjana Kc 07833 148573
Sangita Thapa 07479 881117
Dill Gc 07983 534736
Maiya, Chhetr