जिन्दगी अब भार भयो जिउनुको अब के सार रह्यो यात्रा हाम्रो अधुरो रह्यो हिड्नुको अब के सार रह्यो !
हास्न न अब म सक्छु न त तिमी नै मुस्कुराउनु को यहाँ के अर्थ रह्यो जिन्दगीअब भार भयो जिउनुको अब के सार रह्यो !
गल्ती न तिम्रो थियो न त मेरोनै पश्चातापको अब के सार रह्यो !
भौतारिएर हराएको म एक्लै शाहारा विना यी दोबाटोहरु सार्है गार्हो भो जिन्दगीअब भार भयो जिउनुको अब के सार रह्यो !
एक्लै हिड्नु यहाँ हाम्रो यथार्थ भो संगै बाचने सपनाको अब के अर्थ रह्यो माया यो हाम्रो टुटेको कथा भो लेख्नु को अब यहाँ के सार रहो जिन्दगीअब भार भयो जिउनुको अब के सार रह्यो !
सजिएको सीउदो त्यो,रोजेकोअरुलाई किन हो? लोभी मेरा नजर हेर्नु को अब के अर्थ रह्यो पल पल मरेर बाचेको यो जिन्दगी जिजीबिषाहरुको यहाँ के अर्थ रह्यो जिन्दगीअब भार भयो जिउनुको अब के सार रह्यो !
जिन्दगी अब भार भयो जिउनुको अब के सार रह्यो यात्रा हाम्रो अधुरो रह्यो हिड्नुको अब के सार रह्यो !







