लन्डन । गैर आवासीय नेपाली संघको पहिलो पटक विधान सभा प्रारम्भ भएको छ । गैरआवासीय नेपाली संघ स्थापनाभएपछिको यो पहिलो विधान सभा हो । विधान सभामा विधान समितिका संयोजक डा। हेमराज शर्माले प्रस्तावीत संशोधन विधान सभामा पेश गरेका छन् ।

विधान सभामा एनआरएन विभिन्न ब्यक्तिहरुले धारणा राखिरहनु भएको छ भने विभिन्न सूमहमा बाँडेर गम्भिर छलफल भइरहेको एनआरएन प्रवक्ता भूषणा घिमिरले जानकारी गराए । सभामा विधामा केन्द्रित भएर छलफल भइरहेको छ ।

अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट हुनका लागि कम्तिमा दुई वर्ष संघको पञ्जिकृत सदस्य रहेको हुनुपर्ने, प्रतिनिधिको नामावाली अन्तर्राष्ट्रिय महाधिवेशन हुनुभन्दा १ महिना पहिले संघको सचिवालयमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

एक हजार भन्दा बढी पञ्जिकृत सदस्य भएका राष्ट्रिय समन्वय परिषद्ले प्रत्येक थप एक हजार सदस्यका लागि क्रमिक ५०ः१, १००ः१, २००ः१,३००ः१, ४००ः१, ५००ः१ संख्याको अनुपातमा (अनुसूची ६ मा दिईए बमोजिम) थप प्रतिनिधिहरु चयन गर्ने उल्लेख छ ।

फेसबुक कमेन्ट