लन्डन । गैरआवासीय नेपालीमा खुसी खवर, आजदेखि काठमाडौंमा आफनै नयाँ भवनमा तयार भई सचिवालय सञ्चालनमा आएको छ ।

एनआरएन डे को अवसर पारेर एनआरएनको निर्माणधीन भवनमा सचिवालय सञ्चालनमा ल्याइएको हो ।

भवन उद्घाटन कार्यक्रममा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, एनआरएन पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछाने, निवर्तमान अध्यक्ष शेष घले, वर्तमान आइसिसी अध्या भवन भट्ट। पदाधिकारी उपाध्यक्ष कुमार पन्त, कुल आचार्य र महासविच बद्री केसीलगायतको सहभागितामा भवन उद्घाटन गरि आफनै भवनमा सचिवालय सञ्चालनमा ल्याइएको हो ।

सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष उपेन्द महत्तोले एनआरएनले आँटेको काम पूरा गरेकोमा गौरवभ  गर्नुपर्ने बताउनुभयो । हामीले जे आँटछौ त्यो पूरा हुन्छ भन्ने कुरा शंख्खमुल र भवनले पुष्टि गरेको छ , उहाँले भन्नुभयो ।

सोही अवसरमा पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्ष शेष घलेलगायतले एनआरएनको सपना विस्तारै पूरा हुँदै गएको र विगतको एनआरएनको स्थापनाको इतिहास नभुल्न र सोहीअनुसार अगाडि बढ्न सबैमा आग्रह गर्नुभयो ।

फेसबुक कमेन्ट