लन्डन– लन्डनस्थित नेपाली राजदूतावासमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सँग स्वास्थ्यकर्मीहरुको सेमिनार भएको छ।

बेलायत भ्रमणमा आएका उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव र वन तथा वातावरण मन्त्री बस्नेत लन्डनस्थित नेपाली दूतावासमा बुधबार साँझ दूतावासले आयोजना गरेको सेमिनारमा सहभागी भएका हुन् ।

 

कार्यक्रममा उपप्रधानमन्त्री यादवले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको दाबी गर्दै सहयोग गर्न प्रवासमा रहेका नेपालीलाई अपिल गरे । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बेलायत र नेपालबीचको दुई सय वर्षभन्दा लामो सम्बन्धका क्रममा दुवै देशले एक आपसमा उत्कृष्ट तहको मित्रता कायम गरेको बताए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उपप्रधानमन्त्री यादव एबम बन तथा वातावरण मन्त्री बस्नेत लाई स्वागत गरेका थिए ।

स्वागत मन्तव्यका क्रममा बेलायतका लागि नेपाली राजदूत डा  सुवेदीले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि बेलायत सरकार तथा यहाँस्थित विभिन्न संस्थाहरुबाट हुन सक्ने सहयोग तथा सहकार्यका सम्भावनाहरु पहिचान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

 


दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा सबिन जोशी, हेल्थ एक्सचेञ्ज नेपाल यूकेका प्रमुख जेरेमी वार्ड र डा क्रिस्टोफर एमरेले छुट्टाछुट्टै प्रिजन्टेसन गरेका थिए भने ब्रिटेन नेपाल मेडिकल ट्रस्टकी सहअध्यक्ष डा जिलियन होल्ड्सवर्थ र नेप्लिज नर्सिंग एशोसिएसन यूकेका अध्यक्ष प्रसुना कँडेलले आफ्नो संस्थाले गरेका कामको बारेमा बताए ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा सबिन जोशी, हेल्थ एक्सचेञ्ज नेपाल यूकेका प्रमुख जेरेमी वार्ड र डा क्रिस्टोफर एमरेले छुट्टाछुट्टै प्रिजन्टेसन गरेका थिए भने ब्रिटेन नेपाल मेडिकल ट्रस्टकी सहअध्यक्ष डा जिलियन होल्ड्सवर्थ र नेप्लिज नर्सिंग एशोसिएसन यूकेका अध्यक्ष प्रसुना कंडेलले आफ्नो संस्थाले गरेका कामको बारेमा बताए ।

कार्यक्रममा एनआरएनए यूके महासचिव आरके त्रिपाठी, बेलायतस्थित डाक्टर, नर्स नेपाली व्यवसायी, समाजका अगुवा, सञ्चारकर्मी  लगायतको उपस्थिति थियो ।

लन्डन नेपाल न्यूजको प्रत्यक्ष प्रसारण हेर्नुहोस भिडियो :

 

फेसबुक कमेन्ट