लन्डन । एनआरएनले जनकपुरको जानकी मन्दिर झलमल्ल बनाउने भएको छ । एनआरएन र जानकी मन्दिर गुठीबीच विद्युतियकरण मार्फत प्रज्ज्वलन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै मन्दिर झलमल्ल हुने भएको हो ।

प्रदेश नम्बर २ प्रमुख लाल बाबु राउत र गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोको रोहवर तथा जनकपुर उपपमहानगरपालिका प्रमुख लाल किशोर साहको उपस्थितिमा संघ र जानकी मन्दिर गुठीबीच जानकी मन्दिर परिसरलाई विद्युतियकरण मार्फत प्रज्ज्वलन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

धार्मिक पर्यटन क्षेत्रको केन्द्रविन्दुको रुपमा रहेको जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने दृष्टिकोणले विद्युतीकरण मार्फत करिव ५ करोड रुपैयाँको लगानीमा सजावट गर्नका लागि जानकी मन्दिर र एनआरएनबीच १२ बुँदे सम्झौता भएको हो ।

जानकी मन्दिरको प्रांगणमा सोमवार आयोजित कार्यक्रममा जानकी मन्दिर छुठ गुठी र एनआरएनबीच मन्दिरको सौन्दर्यकरण गर्नको लागि सम्झौता पत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ रामरोशन दास वैष्णवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार गैरअवासीय नेपाली संघद्वारा आफ्नै साधन र स्रोतबाट जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतिय प्रकाश मार्फत मन्दिर परिसर प्रज्वलीत गरिने, मन्दिर परिसरमा प्रकास प्रज्वलीत गर्नका लागि संघले एक विस्तृत योजना तयारी गरि गुठीलाई प्रस्तुत गर्ने र परिसरको विद्युतीकरण गर्दा लाग्ने तार, उपकरण, बत्ति आदिको जडानका लागि लाग्ने सवै खर्च एनआरएनएले बेहोर्ने लगायतको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक कमेन्ट