बलिउडको हट कपल दीपिका पादुकोण र रणवीर सिंङले केही समयअघि मालदिभ्समा ईंगेजमेन्ट गरेको चर्चा पुष्टि नभएतापनी उनीहरुको विवाहको खबर चारैतिर फैलिएको छ । फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । इटलीमा बिहे भएको खण्डमा पछि भारतमा रिसेप्सन आयोजना गरिने छ ।

फिल्म ‘रामलिला’ को सुटिङका क्रममा नजिकिएको यो जोडीले पछिल्लोपटक फिल्म ‘पद्मावत’ मा सँगै काम गरेका थिए, जुन ब्लकबस्टर भयो । केही दिनअघि एक अन्तरवार्तामा दीपिकाले आफूले कुनै पनि दिन बिहे गर्न सक्ने बताएकी थिइन ।

दुबै परिवारको सहमतिमा १० नोभेम्बरको मिति तय गरिएको हो । विवाहको लागी सपिङ पनि सुरु भइसकेको छ । केही दिनअघि दीपिका आफैं सपिङ गरिरहेको अवस्थामा भेटिएकी थिइन् । बिहेलाई धुमधामले मनाउन कुनै कसर नछाड्ने मुडमा दुवै परिवार देखिन्छन् ।

फेसबुक कमेन्ट