काठमाडौँ- काङग्रेसले कम्युनिष्ट सरकारले मधेसमाथि नयाँ षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

काङ्ग्रेस सभापतिरुको चौथो राष्ट्रिय भेलाले २१ बुँदे घोषणापत्रमा जारी गर्दै संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघात भन्नेहरु आज संशोधन आवाश्यक रहेको निश्कषमा पुग्नु तिनको नैतिक पराजय भएको निश्कर्ष पनि निकालेको छ ।

घोषणापत्रमा भनिएको छ :

संविधान संशोधन
संविधान निर्माण तथा स्थानीय, प्रदेश, र केन्द्रको निर्वाचन सम्पन्न गर्ने क्रममा तराइ मधेसमा रहेको भाव समेतलाई ध्यानमा राखि तत्कालिन समयमा नेपाली काँग्रेस नेतृत्वमा रहेका सरकारहरुले गरेका संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघात भन्नेहरु आज संशोधन आवाश्यक रहेको निश्कषमा पुग्नु तिनको नैतिक पराजय र हाम्रो राजनीतिक विजय हो । संशोधन गर्छौ भन्ने तर, अल्मल्याइराख्ने र त्यसलाई सत्ताको सौदाबाजीका लागि प्रयोग गर्ने प्रवृतिलाई मधेसमाथिको नयाँ षड्यन्त्रका रुपमा यो भेला ठहर गर्दछ ।

बजेटबारे
नेपाली काँग्रेस नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई थप १ लाख प्रदान गर्ने, क्यान्सर, मृर्गौला रोगी, स्पाइनल इन्जुरी, लगायत गम्भिर प्रकृतिका रोगीहरुलाई जीविकोपाजर्न भत्तास्वरुप ५ हजार उपलव्ध गराउने, ६५ बर्ष उमेरमाथिका नागरिकलाई बृद्धभत्ता दिने जस्ता विगतका जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षाप्रतिको सम्वेदनहिनतालाई उदाङ्गो पारेको छ । अविलम्ब यी कार्यक्रमलाई निरन्तरता दिन भेला जोडदार माग गर्छ ।

फेसबुक कमेन्ट