शिब भण्डारी/लन्डन– मगर संघ युकेको  आयोजनामा शनिबार फार्नबोरोस्थित फार्नबोरो फुटबल क्लबमा भएको ओपन कन्सर्टमा हजारौं दर्शक उपस्थित भएका छन् । आयोजकले कन्सर्टमा ५ हजार सहभागी भएको बताएको छ ।

बेलायतका विभिन्न ठाउँबाट फार्नबोरोस्थित फार्नबोरो फुटबल क्लबमा आएका हजारौं दर्शकलाई नेपाल आइडल टप फोर नवगायक सागर आलेसहित मिना लामा, विमलराज क्षेत्री, प्रिती आले, कल्पना गुरुङ पुनले सांगीतिक प्रस्तुति दिए ।

संघका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न कन्सर्टमा बेलायतका लागि नेपाली राजदुत महामहिम डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालको पहिचान, प्रतिष्ठालाई बचाउन कार्यक्रम सफल हुने बताए । उनले बेलायतमा नै ‘सानो नेपाल’ बनाउन चाहेको बताए । ‘नेपाली माटोसगको सम्बन्धलाई बेलायतमा विर्सन सकेका छैनौं,’ उनले भने, ‘चिरकालसम्म सुरक्षित र संरक्षित गर्न चाहन्छौं भन्ने सन्देश यो कार्यक्रमले दिएको छ ।’

कार्यक्रममा रसमुर बोरो काउन्सिलका डेपुटी मेयर सु कार्टर, साहित्यकार तथा गीतकार भावेश भुमरी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग फगामी,पत्रकार माहासंग युकेका अध्यक्ष नरेश खपांगी मगर,एनआरएन,प्रमुख संरक्षक डम्बर घले, आईसीसी सदस्य शान्ति थापा कुँवर, रामशरण सिम्खडा, एनआरएन यूकेका महासचिव आर के त्रिपाठी,तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्ग,सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला)’ ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य,समाजसेबी सुर्य गुरुङ, बिजय थापा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार लगायतको उपस्थिति थियो ।

बोम सूर्यवंशीले सहभागीलाई स्वागत गरेका थिए । लाल पुन र तुल्चन्द्र तिलिजाले कार्यक्रमको सञ्चालन गरे ।

कार्यक्रममा मगर संघ युकेको मुखपत्र कानुंग लांघाको विमोचन गरिएको थियो । मगर संघ युकेले सन् २००७ देखि हरेक वर्ष उक्त कन्सर्टको आयोजना गर्दै आएको छ ।

 

 

 

 

यस्तो देखियो नेपाली ओपन कन्सर्ट हेर्नुस कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कममा-प्रधान सम्पादक शिब भण्डारीले तयार पारेको स्थलगत भिडियो रिपोर्ट ———- यस्तो देखियो नेपाली ओपन कन्सर्ट–

फेसबुक कमेन्ट