बलिउडमा नायक आमिर खान नाङ्गै बनेको चलचित्र ‘पीके’ले बक्स अफिसमा नयाँ रेकर्ड बनायो । आमिरको यो शैलीले चलचित्र प्रचारका लागि ठूलो सहयोग पनि गर्‍यो । तर, नेपाली चलचित्रका एक निर्माता तथा कलाकारमा भने यसको सफलताले छटपटी ल्याइदिएको छ ।

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘स्केप’का कलाकार प्रदिप खड्का चलचित्र प्रचारका लागि कुनै उपाय नदेखेपछि आत्तिएका छन् ।

उनले ‘नायिका नङ्ग्याउँ कि अाफैले न्यूड फोटोसुट गरौँ’ भन्दै दिकदारी ब्यक्त गर्न थालेका छन् । उनले भने- आफै नाङ्गै बनौं भने बलिउडको ‘पीके’ होइन, अरू उपाय केही छैन ।’

दर्शकलाई हलसम्म तान्न सजिलो छैन भन्ने वुझेका प्रदिप आफूले राम्रो चलचित्र बनाएको बताउँछन् । तर, चलचित्रको प्रचारका लागि कस्तो उपाय अपनाउँदा राम्रो होला भन्नेमा नै उनी दोधार छन् ।

यसैले उनले पोष्टर प्रतियोगिता गर्न लागेको जनाएका छन् । उत्कृष्ट हुने २ पोष्टर चलचित्र प्रचारका लागि प्रयोग गरिनेछ । नायिका रीमा विश्वकर्मा र प्रदिप खड्काको मुख्य भूमिका रहेको चलचित्रले लागूपदार्थ दुव्र्यसनी र युवापुस्ताको मानसिकता चित्रण गर्छ ।

फेसबुक कमेन्ट