गगनशिला खड्का

गुल्मी १९ पुस । घरको आँगन छेउँमा उभिएर तलपट्टी हेर्दा लटरम्मै फलेका सुन्तलाका दानाले पहेलपुर भएको सुन्तला बगैँचा देख्दा ६० बर्षिय लाल बहादुर कंडेलको घर पुग्ने जो कोही पनि आश्चर्यमा पर्छ । बारीको काल्नामा लहरै रोपिएका सुन्तलाका बोटमा फलेका लटरम्मै सुन्तलाले गुल्मीको दिगाम १ रुक्से तल्लार गाउँका स्थानियको पहिचान नै फेरिदिएको छ ।

DSC08020 copy पहिले —पहिले कहिले काँही मात्र नयाँ व्यक्तीको अनुहार देखिने रुक्से तल्लार गाउँमा आजकल हुलका हुल मानिस जान थालेका छन् । गाउँमा यसरी नयाँ व्यक्तीहरुको प्रबेश हुनुको एउटा मात्र कारण हो व्यवसायिक सुन्तलाखेती । दिगाम गाविसको वार्ड नं १ र २ रुक्से गाउँमा व्यवसायिक सुन्तला खेती गर्ने कृषकको अहिले लहरै चलेको छ । रुक्से गाउँमा यसरी व्यवसायिक रुपमा सुन्तला खेती भित्रायाउने पहिलो व्यक्ती नै लाल बहादुर हुन् । उनले २०२८ सालमा गुल्मीकै भाँडगाउँ बाट दुई वटा सुन्तलाका विरुवा ल्याएर लगाएका थिए । सदरमुकाम तम्घासमा कामका लागि आउँदा बजारमा राखिएका सुन्तला किनेर खाएपछि कंडेललाई पनि सुन्तलाका विरुवा कतिबेला घरमा लगेर लगाउ भन्ने छटपटी भएको उनले सुनाएँ । दुईवटा बोटमा सुन्तला राम्रो  फलेको देखेपछि उनले विरुवा थप गरे र एकैपटक ३ सय ७५ विरुवा बारीभरी नै लगाए । कंडेलले २०६० सालमा बारीभरी नै सुन्तलाका विरुवा लगाएको देखेपछि उनलाई गाउँलेले बुद्धी बिग्रीयो समेत भन्न पछि परेनन् । उनले भने ः“ मैले सुन्तलाका बेर्ना बारी भरी लगाए,त्यतिबेला त मलाई गाउँलले अव त्यसको बुद्धी विगी्रयो समेत भन्न भ्याए ।”

 अहिले तिनै गाउँलेले उनको सिको गरीरहेका छन् । उनी र उनका दुई भाई छोराहरु ४० बर्षिय रामकृष्ण र ३८ बर्षिय लक्ष्मणको दैनिकी विगत १० बर्षदेखी यसमै वितिरहेको छ । कुनै नगद रकमको लगानी बिना नै कंडेल परिवारले सुन्तला खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । १९ रोपनी जग्गामा व्यवसायिक सुन्तलाखेती गरेको कंडेल परिवारले बार्षिक ४ लाख रकम सुन्तलाखेती बाटै आम्दानी गरीरहेको कंडेलका जेठा छोरा रामकृष्ण कंडेलले बताए । उनले भने ः“ विगत १० बर्षदेखी नै हामिले सुन्तालबाट बर्षमा ४ लाख कमाएका छौँ,अरु पनि धेरै गरेका छौँ ।” कंडेल परिवारले बार्षिक १ सय कुञ्टलका दरले सुन्तला उत्पादन गरी बिक्री गर्दै आईरहेका छन् । यो ११ बर्षमा मात्रै उनीहरुले सुन्तलाखेती बाट ४४ लाख आम्दानी गर्न सफल भएको कंडेलले बताए । सामान्य नोकरीका लागि पनि अहिले उनीहरु जस्ता युवाहरु दिनहूँ बैदेशिक रोजगारीको शिलशिलामा खाँडी मुलुक जाने लाईनमा छन ।

DSC08050 copy

 तर दिगामका दुईभाई युवाले आम्दानीका लागि कहिल्यैँ बैदेशिक रोजगारीको मुख ताक्नु नपरेको बताए । उनीहरुले आफुहरुले गरेको व्यवसायिक सुन्तला खेतीबाटै विदेशमा कमाउने भन्दा दोब्बर आम्दानी भएको बताए । युवा कृषक दुई दाजुभाईले पैसा कमाउन विदेश जानुभन्दा स्वदेशमै मेहनत र परिश्रम गर्न सुझाब दिए । दिगाम २ रुक्सेकी ५७ बर्षिय हेमकला कंडेलले पनि व्यवसायिक सुन्तलाखेती बाट बार्षिक ६० हजार आम्दानी लिने गरेको बताईन् । २०६१ सालबाट कंडलले व्यवसायिक रुपमा सुन्ताला खेती शुरु गरेको बताईन् ।

उनले सुन्तला बिक्रीका लागि व्यवसायीहरु घरमै आउने गरेको बताईन् । उनले भनिन् ः“ हामी सुन्तला बेच्न काँही जान पर्दैन,सबै घरबाटै विक्री हुन्छ ।” दिगामकै भिमलाल कंडेलले १० मुरी मकै नहुने ठाउँमा गरेको व्यवसायिक सुन्तलाखेतीबाट बार्षिक ३ लाख कमाई गरीरहेका छन् । उनले भने ः“यही ठाउँमा मकै रोप्दा १० मुरी हुन्थेन,अहिले खुरु— खुरु ३ लाख आएको छ ।” दिगाम गाविसमा मात्रै करीब ३० जना कृषकले व्यवसायिक सुन्तला खेती गरीरहेको जिल्ला कृषी विकास कार्यालय गुल्मीले जनाएकोे छ । जिल्ला कृषी विकास कार्यालय गुल्मीले सुन्तला पकेट क्षेत्रको रुपमा दिगामलाई विस्तार गरेको छ । जिल्ला कृषी विकास कार्यालय गुल्मीका प्रमुख चेतनाथ अधिकारीले दिगामको सुन्तालाको माग बढीरहेको बताए । उनले गुल्मीमा यसबर्ष सुन्तला उत्पादनमा अघिल्लो बर्षको तुलनामा बृद्धी भएको समेत जानकारी दिए ।

DSC08017 copyदिगामकै भिमलाल कंडेलले १० मुरी मकै नहुने ठाउँमा गरेको व्यवसायिक सुन्तलाखेतीबाट बार्षिक ३ लाख कमाई गरीरहेका छन् । उनले भने ः“यही ठाउँमा मकै रोप्दा १० मुरी हुन्थेन,अहिले खुरु— खुरु ३ लाख आएको छ ।” दिगाम गाविसमा मात्रै करीब ३० जना कृषकले व्यवसायिक सुन्तला खेती गरीरहेको जिल्ला कृषी विकास कार्यालय गुल्मीले जनाएकोे छ । जिल्ला कृषी विकास कार्यालय गुल्मीले सुन्तला पकेट क्षेत्रको रुपमा दिगामलाई विस्तार गरेको छ । जिल्ला कृषी विकास कार्यालय गुल्मीका प्रमुख चेतनाथ अधिकारीले दिगामको सुन्तालाको माग बढीरहेको बताए । उनले गुल्मीमा यसबर्ष सुन्तला उत्पादनमा अघिल्लो बर्षको तुलनामा बृद्धी भएको समेत जानकारी दिए ।

फेसबुक कमेन्ट