गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको आठौ नियमित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक सस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गुल्मी सेवा समाज कतारले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी जनवरी २३ तारिकका दिन बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार सम्पन्न सस्थाको आठौ नियमित बैठकले उक्त निर्णय गरेको हो । कतारमा रहेका नेपालीहरु एवम बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक एवम प्रथम उपाध्यक्ष झबिन्द्र आचार्यले बताउनुभयो । कार्यक्रममा  पश्चिम नेपालका जिल्लाहरुमा अति नै लोकप्रिय मानिने पन्चे बाजा लगायत विविध साँस्कृतिक प्रस्तुतिहरु पनि रहने आचार्यले बताउनुभयो ।
बैठकमा बोल्दै अध्यक्ष खड्काले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गर्दै छौ, गुल्मी सेवा समाज कतारले बिगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् सक्ने कुरा बताउनु भयो । साथै अध्यक्ष खड्काले रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाज सँग आवद्ध हुन पनि आग्रह गर्नु भयो ।

फेसबुक कमेन्ट